हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ। सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ। स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी जो हाम्रो भान्सामै पाइन्छन्, आउनुस जानकारी लिऔँ |
एलोभेरा (घिउकुमारी)
शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ। पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ। गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन्।
अदुवा
दैनिक किचनमा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ। यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ। हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ। त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ।
लसुन
क्यान्सर रोगबाट बचाउने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउछ। एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ। लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ। दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।
बेसार
बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो। त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ। सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ। चिसो लागेको छ ? सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस्। एक रातमै तपाईको चिसो भाग्छ। बेसारले प्राकृतिक पेन किलर (दुखाई कम गर्ने औषधि)को काम गर्छ।
प्याज
प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ। पाचनमा समस्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबाएमा पाचन समस्याको समाधान हुन्छ। नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ। गर्मीमा नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाउनुहोस र बेस्सरी नस लिनुहोस वा सुघ्नुहोस नाकबाट रगत आउन छाड्छ।
तुलसी
तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ। यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन्। तुलसीमा एन्टीबायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ। तुलसीको सेवनबाट शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ, यसको कुनै साइडइफेक्ट हुँदैंन र यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ। यस्तै यसको सेवन गरेपछि श्वास गन्हाउदैन। खोकी र ज्वरोमा तुलसीको पात उमालेर दिएमा फाइदा हुन्छ। तुलसीले रगतमा कोलस्ट्रोलको मात्रा नियन्त्रित गर्छ, नियमित सेवनले वजन घटाउँछ।
ल्वाङ
ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। ल्वाङ प्राकृतिक पेनकिलरको रुपमा प्रयोग गरिन्छ। यसमा रहेको युजेनल आयल दाँतको दुखाईका लागि लाभदायी मानिन्छ। जतिसुकै दाँत दुखेपनि ल्वाङको तेल लगाउनाले दुखाई तत्कालै निको हुन्छ। यसमा एन्टीब्याक्टेरियल विशेषता हुन्छ, जसका कारण यसको प्रयोग टुथपेष्ट, माउथवास तथा क्रिम बनाउन प्रयोग हुन्छ। जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक हुन्छ।
सुकुमेल
भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ। तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ। छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस