काठमाडौँ-बैज्ञानिकहरुले क्यान्सरसँग जुध्न निरन्तर प्रयास गरिरहेका भए तापनि हालसम्म ठूलो सफलता भने हात पार्न सकेका छैनन् । यो रोगसँग लड्न अझै धेरै बाँकी रहेको उनीहरु बताउछन् ।
तर हालै गरिएको एक अध्ययनले सोडियम क्लोराइडका सुक्ष्म तत्वहरुको प्रयोगले क्यान्सरका तत्वहरु नाश गर्न सार्थकसिद्ध भएको बताएका छन् । उनीहरुले मुसामा गरेको अध्ययनले यस्तो तथ्य फेला परेको बताएका छन् ।
विगत एक दशकबाट बैज्ञानिकहरुले क्यान्सर विरुद्ध विभिन्न औषधिहरु पत्ता लगाएता पनि ति औषधिहरुमा शरिरमा रहेका प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने किसिमका साइड इफेक्टस समेत पाइएको छ ।
जर्जिया विश्वविद्यालयका बैज्ञानिकहरुले हालै पत्ता लगाएको नयाँ तथ्यका अनुसार नूनको प्रयोग यदी गलत ठाँउमा गरिएमा यसले कोशहरुलाई मार्ने तर सहि तरिकाले प्रयोग गरिए औषधि सिद्ध हुने उनीहरुको तर्क छ ।
सोडियम क्लोराइडको न्यानो पार्टिकल्सहरुले शरिरमा ट्रोजन हर्सको रुपमा काम गर्दछ । बैज्ञानिकहरुका अनुसार सोडियम क्लोराइडका न्यानो पार्टिकल्सहरुले शरिरमा एक प्रकारको आयोन उत्पादन गर्दछ जसले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई मजवुत बनाउदछ ।
मुसामा गरिएको उक्त अध्ययनले सोडियम क्लोराइडको न्यानो पार्टिकल्सहरुले क्यान्सरका कोशहरुलाई नष्ट गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको पाइएको जनाएका छन् । यदी यो उपचार विधि मानिसमा समेत लागु गर्न सकिएमा क्यान्सर रोगको उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने उनीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस