मुख सुक्ने समस्या बयस्क उमेर लागे पछि प्राय मानिसमा हुने साझा समस्या हो । यो समस्या प्रोढ उमेर समुहका करिव ४० प्रतिशत मानिसमा पाइन्छ । यो समस्याको प्रमुख कारण हाम्रो र्याल ग्रन्थीले र्याल उत्पादनमा कमी ल्याउनु हो । उमेर बढे सँगै उक्त ग्रन्थीले सही काम गर्न नसक्दा मानिसहरु मुख सुक्ने समस्याबाट प्रभावित हुन्छन् ।
मुख सुख्खा हुने मानिसहरु अक्सर विभिन्न समस्याहरुवाट प्रभावित हुन्छन् । केही प्रमुख समस्याहरु जस्तै स्वाद लिने, चपाउने, निल्ने तथा बोल्ने यो रोग बाट पिडितहरुमा भेटिन्छ ।
यो रोग लागेका मानिसहरु कहिले काही जिब्रो दुख्ने तथा स्वास गन्हाउने जस्ता समस्याहरु बाट समेत पिडित हुन्छन् । यो रोगका कारण मानिसहरुको दाँत झर्ने समस्या पनि उब्जिने स्याङ्गि पाइक हस्पिटलका डाक्टर प्रोफेसर पार्क क्वान सु ले बताए । यदी यो रोगलाइ हेलचेक्राइ गरेमा मुटुमा समेत असर गर्ने उनले बताए ।
मानिसको र्याल ग्रन्थिबाट एक मिनेटमा करिव ०.३ देखि ०.५ मि.लि सम्म र्याल निस्कन्छ तर यो रोग लागेका मानिसमा ०.१ मि.लि अथवा सो भन्दा कम मात्र निस्किन्छ । यो रोगको स्थायी उपचार नभए पनि छुटकारा पाउन भने सजिलो रहेको पनि डाक्टर पार्क क्वान सु ले बताए । नियमित फलफूल को प्रयोग गर्ने, प्रसस्त पानी पिउने, गार्गेल गर्ने तथा चुइगमको प्रयोग गरी मुखलाई रसिलो बनाइराखे यो रोगबाट आत्तिनु नपर्ने पनि उनको भनाइ छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस