किम्चि एक विशेष प्रकारको खानेकुरा हो । बन्दा कोपी तथा मुलालाई नुन, लसुन, खोर्सानी तथा अन्य विभिन्न मसलाहरुलाई मिसाएर भाँडोमा बन्द गरेर राखि यो परिकार तयार गरिन्छ । यसलाइ कोरियामा भात, चाउचाउ, थुक्पा आदी सँग मिलाएर खाने गरिन्छ । दक्षिण एसियाका खाध्य स्टोरहरुमा उपलब्ध यो परिकार अमेरिकी पूर्व राष्ट्रपति वाराक ओवामाको पनि मनपर्ने खाद्यपदार्थ रहेको बुझिएको छ । आखिर किन यति प्रसिद्ध छ त कोरियाली किम्चि? आउनुहोस् यसका फाइदाहरु बारे जानकारी लिऔँ ।
१-यसमा स्वस्थ्य ब्याक्टेरिया तथा प्रोवियोटिक्स भएका कारण शरिरको स्वस्थ्यतालाई मजवुत बनाउन सहयोग गर्छ । दही जसरि नै जम्मा गरिने भएकाले यो शरिरका लागि अत्यन्तै लाभदायक रहेको छ । यसले हाम्रो शरिरको पाचन क्षमतालाई समेत मजबुत बनाउछ ।
२-किम्चिमा पाइने एलिसिन र सेलिनियम जस्ता तत्वहरुले उच्च रक्तचाप, रगतमा हुने उच्च कोलेस्ट्रोल लगायतमा नियन्त्रण गरि हामिलाई हृदय सँग सम्बन्धि रोगहरुबाट बचाउछ साथै यसमा पाइने लसुनले शरिरलाई स्वस्थ्य रहन मद्दत गर्दछ ।
३- किम्चिमा पाइने भिटामिन ए ले शरिरलाई स्वस्थ रहन मद्दत गर्नुका साथै आँखाको ज्योतिलाई समेत दीर्घायु दिन्छ ।
४- किम्चिको नियमित सेवन गर्नाले अनुहारमा आउने चाउरीपना हटाई अनुहारमा चमक ल्याउनुका साथै यसले कपाललाई समेत चम्किलो बनाउदछ ।
५-किम्चिले हाम्रो शरिरमा भएका (विशेष गरि कलेजो, पित्त थैली तथा मिर्गौला) अनावश्यक तत्वहरुलाई सफा गरि पेटमा हुने क्यान्सरबाट समेत बचाउछ ।
६-एन्टि अक्सिडेन्टहरुबाट भरिपुर्ण किम्चिको नियमित सेवनले चाँडै बुढो हुने समस्याबाट बचाउछ र शरिर स्वस्थ बनाउछ ।
७-किम्चिमा रहेको खोर्सानी तथा भेनेगरले शरिरको अनावश्यक बोसो घटाई मोटोपना बाट सुरक्षित राख्छ ।
८- किम्चिको नियमित सेवन गर्नाले पेप्टिक अल्सर हुनबाट बचाउछ ।
९- यसले शरिरको प्रतिरक्षा प्रणालीलाई शशक्त बनाई रोग सँग लड्ने क्षमतामा बृद्धि ल्याउछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस