जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति भेटिएको छ । आयुर्वेद केन्द्रका कर्मचारीहरु प्रायः कार्यालय नआएरै तलब खान्छन् भने महिनाको एकचोटि मात्रै पनि कार्यालय आए पुग्छ । दश जनाको दरबन्दी रहेको सो केन्द्रमा हप्तौँदेखि कार्यालय प्रमुख पवन झा आएको देखिँदैन भने अन्य कर्मचारी पनि यस्तै पालो मिलाएर कार्यालयमा अनुपस्थित रहने गरेको अनुगमनका क्रममा फेला परको छ ।
प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश आयुर्वेद महाशाखाका अधिकारी सुजित शर्मा, जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलगायतको टोली अचानक सो स्वास्थ्य केन्द्रमा पुग्दा कर्मचारीहरु अनुपस्थित भेटिएका थिए ।
अनुगमनका क्रममा केन्द्रमा रहेको औषधि वितरण कक्षमा धेरै औषधि म्याद गुज्रेको भेटिएको थियो भने पर्याप्त मात्रामा औषधिसमेत उपलब्ध नरहेको देखिएको थियो । अनुगमन टोलीले त्यस स्वास्थ्य केन्द्रमा केन्द्रको लेटरप्याड, लेखपढ गर्ने कुनै कागजपत्र र कार्यालयको बोर्डसमेत नरहेको फेला पारेको थियो ।
राज्यमन्त्री शर्माले जनताको स्वास्थ्यसँग खेलबाड गर्ने कसैलाई पनि नछोडिने भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई आवश्यक कारवाही गरिने बताए । आयुर्वेद महाशाखाका शर्माले गत आवमा मात्रै त्यस स्वास्थ्य केन्द्रमा रु ४० लाखको औषधि उपलब्ध गराइएकामा अहिले त्यहाँ औषधि नरहेको, भएको औषधि पनि म्याद गुज्रिएको र म्याद गुज्रिएकै औषधि बिरामीहरुलाई वितरण गरिएकामा त्यहाँको बेथितिप्रति विशेष ध्यानाकर्षण भएकाले यसमा संलग्न सबैलाई आवश्यक कारवाही गर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस