वासिङ्टन- योगले मस्तिष्कलाई फाइदा पुर्याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ ।
मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु¥याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ ।
‘ब्रेन प्लाष्टिसिटी’ एक जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश गरिएको छ ।
अध्ययनमा योग र मस्तिष्क स्वास्थ्यको अन्तरसम्वन्धलाई मुख्यरूपमा हेरिएको अध्ययनकर्ताहरूले जनाएका छन् ।
अध्ययनमध्ये पाँच अध्ययन योगको कुनै अभ्यास नै नगरेका व्यक्तिको बारेमा रहेको छ । त्यसमा उनीहरूको मस्तिष्क विकासको सुरुदेखि अन्तिमसम्मको अवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।
त्यसैगरी अर्को अध्ययनमा नियमित रुपमा योगा गर्ने व्यक्ति र उसको मस्तिष्कको विकासको अवस्थाका बारेमा अध्ययन गरिएको छ ।
अध्ययनका क्रममा ती व्यक्तिहरूको मस्तिष्कको एमआरआई, फङ्सनल एमआरआई वा फोटोबाट पनि मस्तिष्कको वृद्धि विकासको अध्ययन गरिएको थियो ।
“हामीले गरेको ११ ओटा अध्ययनबाट यो निश्कर्ष निकालेका छौँ की मानव मस्तिष्कको बृद्धि विकासमा योगको महत्वपूर्ण भूमिका रहन्छ,” अध्ययनको नेतृत्व गरेकी नेहा गोथेले भनिन ।
‘युनिभर्सिटी अफ इलिनोइस किनेसिओलोजी एण्ड कम्युनिटी’का स्वास्थ्य प्राध्यापक नेहाले ‘वायन स्टेट युनिभर्सिटी’का मनोविज्ञान प्राध्यापक जेसिका दामोइसियक्ससँगले अध्ययनको नेतृत्व गरेकी हुन् ।
‘यससम्वन्धी धेरै अध्ययन भए पनि नियमित योग र मस्तिष्कको विकासको अन्तरसम्बन्धको गहिरो अध्ययन भएको थिएन, तर यो अध्ययनले त्यसलाई जोड दिएको छ,” दामोइ सियक्सले भने ।
नियमित योग गर्नाले दिमागको सक्रियतालाई व्यवस्थित गर्न सहयोग पुग्ने देखिएको अध्ययनले बताएको छ ।
योग नगर्नेभन्दा योग गर्नेको दिमाग बढी चलायमान हुने भएकाले बृद्धि र विकासमा सहयोग पुगेको अध्ययनको निष्कर्ष छ ।
‘योग कुनै बाहिरी कसरत मात्रै होइन, यो त दिमाग परिवर्तन गराउने अर्कै नेतृत्वदायी संयन्त्र हो,’ नेहाले भनिन । तर त्यस्तो संयन्त्रको कुनै पहिचान र प्रमाण भने आफुहरूसँग नभएको पनि उनले उल्लेख गरिन ।
योगले मानिसको तनाव व्यवस्थापन तथा न्युनिकरण गर्न सहयोग पु¥याउने आफूहरूको अध्ययनबाट देखिएको गोथेले बताइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस