सामान्यतया जोर्नी दुख्ने समस्यालाई बाथरोग भनिन्छ । शरीरमा प्रतिरोधात्मक प्रणाली कमजोर हुँदा यो रोग लाग्ने गर्दछ । यसले शरीरको जोर्नीका साथै छाला,आँखा, दिमाग, मुटु, फोक्सो,मिर्गौला लगायतमा असर गर्छ । कुनै बेलामा भने अन्य रोगसँग मिसिएर यो रोगको लक्ष्ण देखिन सक्छ |
मुख्यतया ¥युमटोइड आरथ्राइटिस ( आमबाथ ), ओस्टीयो आरथ्राईटिस (जोर्नी खिइने बाथ), गाउट (युरिक एसिडको बाथ), स्पोण्डीलो आरथ्राईटिस ( ढाडको बाथ), ¥युमारिक फिबर ( मुटुजन्य बाथज्वरो ) र लुपस ( एसएलइ), भास्कुलाइटीस (नशाको बाथ) झुबेनाइल आरथ्राइसिस (केटाकेटीमा हुने बाथ) नेपालमा देखिने गरेका छन् ।
बाथको लक्षण
बाथ भएमा विहान उठ्ने बेलामा हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने , ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण देखिन्छ । साथै जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अङ्गमा असर देखाउन सक्छ । छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने जस्ता समस्या पनि यसका लक्षण हुन् ।
बाथ रोगबाट बच्ने ७ उपाय
१- चिसोमा नजाने ।
२-बेलुकी मनतातो पानीमा नुन राखेर पाँचदेखि १० मिनेट हातखुट्टाको औंला सेक्ने ।
३-चिसो मौसममा तातो खानेकुरा खाने र न्यानो कपडा लगाउने ।
४-धुम्रपान तथा मद्यपान नगर्ने ।
५-रातो मासु नखाने ।
६-सुकेको गेडागुडी, गोलभेँडा जस्ता खानेकुरा नखाने ।
७-शरिरमा निलडाम देखिएमा, मुखमा घाउ आएमा वा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई दखाउने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस