काठमाडौं : सौन्दर्यकर्मी मिना पौडेलले आफ्नै नयाँ व्युटिपार्लर सुरु गरेकी छिन् । उनी लामो समयदेखि कस्मेटिक व्यबसायमा सक्रिय थिईन् । ललितपुरको जाउलाखेल स्थित कुसुन्तीमा उनले शुक्रबारबाट आफ्नो नयाँ व्युटीपार्लर ‘ब्लेसिङ ब्युटिपार्लर’ सुरु गरेकी हुन् ।
आफ्ना चर्चका धर्म गुरु पास्टरबाट सफताको शुभकामनासहित प्राथना गराएर व्युटिसियन मिनाले सो पार्लरको उद्घाटन कार्यक्रम आयोजना गरेकी हुन् । रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर रबिभवनकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन सोनी कारंजितले रिवन काटेर ब्लेसिङ व्युटिपार्लरको उद्घाटन गरिन् ।
सो कार्यक्रमकी प्रमुख अतिथि एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितले आफ्ना विधार्थीहरुले यसरी व्युटिपार्लर खोलेर आत्मनिर्भर हुँदा आफुलाई निकै खुसी लागेको बताईन् । मिना दक्ष व्युटिसियन भएको र उनले व्युटिसियन सम्बन्धिसम्पूर्ण प्रशिक्षण पुरा गरेर आफ्नै पार्लर खोलेको भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् । बरिष्ट व्युटिसियन कारंजितले कुुसुन्ती क्षेत्रमा मिनाले राम्रो सेवा दिने विश्वास ब्यक्त गरिन् ।
व्युटिसियन मिनाले आधा दशकदेखि व्युटिपार्लर व्यबसायमा सक्रिय भए पनि रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरमा एक वर्षको थप डिप्लोमा कोर्ष पुरा गरेर आफुले यो व्युटिपार्लर सुरु गरेको कार्यक्रममा बताईन् । कुसुन्ती क्षेत्रमा सुविधायुक्त व्युटिपार्लर नभएको र यस क्षेत्रका सौन्दर्यप्रेमीहरुको चाहना अनुसार आफुले सुविधासम्पन्न यो व्युटिपार्लर सञ्चालनमा ल्याएको पनि मिनाले जानकारी गराईन् । आफ्नो पार्लरमा व्युटिसम्बन्धि सबै सेवा उपलब्ध रहेको र दक्ष व्युटिसियनबाट आफुले सेवा दिने गरेको पनि मिनाले बताईन् । कार्यक्रममा पत्रकार डब्बु क्षत्री, सरिता भारती, लक्ष्मण महर्जन, व्युटिसियन दीपा सुवेदीलगायत विभिन्न व्यक्तिहरुले मिनालाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस