देशभर विस्तारै जाडो सुरु भएको छ । जाडो समयमा न्यानोपन पाउन विभिन्न उपाय अपनाउने गरिन्छ । आगो ताप्ने, हिटर बाल्ने आदि | यस्तो उपाय अपनाउँदा सोच बिचार भने गर्नेपर्छ | सानो गल्तीले गर्दा ज्यानै जाने घटनाहरु पनि देखिएका छन् ।
जाडोको कारण झ्याल ढोका सबै बन्द पारेर आगो ताप्नु धेरैका लागि सामान्य हुन सक्छ तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावा नछिर्ने गरि बन्द पारेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइ अक्साइड वा कार्बन मोनोअक्साइड कोठाबाट बाहिर निस्कन पाउँदैन, जसले गर्दा सास निसासिएर मृत्यु समेत हुने गर्दछ ।
चिकित्सकका अनुसार कार्वन मनोअक्साइड एक प्रकारको विषालु ग्यास हो । विना भेन्टिलेटर बन्द कोठामा यस्ता उपकरण प्रयोग गरेको खण्डमा अक्सिजनको साथमा यस्ता विषालु ग्यास समेत सेवन हुने गर्छ ।
जब यस्ता विषालु ग्यास शरीर भित्र प्रवेश गर्छ, त्यतिबेला यस्ता ग्यास शरीरमा भएको हेमोग्लोविनसित मिसेर कार्वोक्सीहेमोग्लोविनमा परिणत हुने गर्छ ।
विशेषगरी, रगतमा हुने रातो रक्तकोषिका, अक्सिजनको तुलनामा कार्वन मोनोअक्साइड पहिले मिसिने गर्दछ । जसले गर्दा अक्सिजनको तुलनामा कार्वन मोनोअक्साइड धेरै भएको ठाउँमा यस्ता तत्व अक्सिजनका तुलनामा रगतमा पहिले घोलिने गर्दछ ।
रगतमा अक्सिजनको सट्टा कार्वन मोनोअक्साइडको परिणाम ज्यादा भएमा रगतमा अक्सिजनको मात्रा कम हुन्छ, जसले गर्दा हाइपोक्सियाको स्थिति बन्छ, जसले शरीरका कोषिकालाई नष्ट पारी ज्यानै जाने सम्मको खतरा बढ्ने गर्छ ।
ग्यास हिटर, एसी, प्रयोग गरे पनि भेन्टिलेटरलाई विशेष ध्यान दिनुपर्छ । बन्द कोठामा हिटर, व्लोअर,काठ, दाउरा वा कोयलाको प्रयोग गर्दा भेन्टिलेटर अनिबार्य हुनुपर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस