काठमाडाैं- मनमाेहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी ओलीलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी गरेको छ । ओलीको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ओलीको घाउ निको हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
‘प्रधानमन्त्रीको पेटको घाउ सुक्खा हुँदै गएको छ, अब सामान्य रूपमा हिँड्न सक्नुहुन्छ’ एक चिकित्सकले भने । ओलीको पेटमा संक्रमण भएकाले शल्यक्रियापछि पनि लामो समय अस्पतालमा बस्नु परेको चिकित्सकको भनाइ छ । अस्पतालले बुधबार विज्ञप्ति जारी गरेर ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएको छ ।
अस्पतालका निर्देशक डा. उत्तमकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । हाल उहाँलाई चिकित्सकीय अवलोकनमा राखिएको व्यहोरा जानकारी गराइन्छ ।’
चिकित्सकहरूले शल्यक्रिया गरेको घाउ पूर्णरूपमा ठीक भएपछि मिर्गौला प्रत्यारोपणको तयारी थालिने बताएका छन् । ओलीलाई मिर्गौला दिन दुईजनालाई तयारी अवस्थामा राखिएको छ । स्रोतका अनुसार उनीहरू ओलीका भान्जा भान्जी हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस