काठमाडौँ- हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । तर जाडोमा धेरैजसो मानिसहरुको ब्लड प्रेशर अचानक बढ्न जान्छ ।
यस अवस्थामा टाउको दुख्नु, नाकबाट रगत आउनु, आँखाले धमिलो देख्नु, छाति कस्सिएको अनुभव हुनु, छाति दुख्नु, श्वासको गति तीब्र हुनु आदि जस्ता समस्याहरु हुन सक्छन् ।
जाडोमा प्रेशर बढ्ने कारणहरु
१-जाडोमा शरीरको तापमान कम हुनले रक्तनली खुम्चिएर साँगुरिन्छ। साँगुरिएको नशा धमनीहरुमा रक्त सञ्चारको लागि मुटुले बढि बल गर्नुपर्ने हुन्छ। जसले गर्दा ब्लडप्रेशर बढ्न जान्छ।
२-जाडोयाममा शरीरबाट पसिना नआउनले पनि प्रेशर बढ्दछ।
३- घरमै बसिरहने शारीरिक गतिबिधि कम गर्नले पनि प्रेशर बढ्न जान्छ।
४-जाडोमा अवसाद (डिप्रेसन) को चपेटमा आउने मानिसहरु-अल्कोहलको सेवन बढि गर्ने हुनले पनि उनीहरुमा प्रेशर बढ्ने आशंका रहन्छ।
५-गलत खानपानको आदतले पनि बढ्छ।
ब्लड प्रेशरलाई कन्ट्रोल गर्ने तरिका
१- नुन, अमिलो, पिरो, चिल्लो, चिया, कफि, चटपटे, खानेकुरा कमै मात्रामा लिने।
२-पुरानो अचार तथा डिब्बाबन्द खादध्य पदार्थ, फास्टफुड, रातो मासु, रक्सी, चुरोट, तम्बाखुको सेवनबाट बच्ने।
३- सधै सन्तुलित आहार लिने, खानामा चोकरसमेतको गहूँको पिठोको रोटी, टुसा उम्रेको अन्न, लौका, माछा, गोलभेंडाको जुस, काँक्रो, प्याज, अमला आदि समाबेश गर्ने।
४-फलफुलमा स्याउ, केरा र हरियो सागपात बढि मात्रा खाने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस