मर्निङ वाक बिहानमा गरिने हिँडडुल हो । यो स्वस्थ जीवनका लागि एक आवश्यक व्यायाम पनि हो । शारीरिक तन्दुरुस्तीका साथै दीर्घ र स्वस्थ जीवनका लागि मर्निङ वाक गरिन्छ । यो सबै उमेरका समूहका मानिसका लागि उत्तिकै लाभदायी र जरुरी पनि छ । शरीर आफंैमा विभिन्न रोगहरूको घर हो । मानिस उच्च वा न्यून रक्तचाप, मधुमेह, मुटुरोग आदिबाट निकै ग्रसित छन् । यिनीहरूका लागि पहिलो स्वास्थ्य टिप्स भनेको मर्निङ वाक नै हो । डाक्टरहरूले पनि नियमित मर्निङ वाक गर्न सल्लाह दिने गर्दछन् । मर्निक वाक त मोटा मानिसहरूका लागि रामवाण नै हो ।
मर्निङ वाक गर्दा निम्न ७ कुरामा ध्यान दिनुपर्छ
१- बिहान सबेरै करिब चारदेखि आठ बजेसम्म मर्निङ वाक गरिसक्नुपर्छ । मर्निङ वाक गर्दा कम्तीमा पनि आधाघन्टा त हिँड्नै पर्छ । हिँडेर थाकियो भने स्थिर भएर बस्न हुँदैन । बिस्तारै बिस्तारै बिसाएझैं गरी निरन्तरता दिनुपर्छ ।
२-मर्निङ वाक गर्दा सुरुमा बिस्तारै हिँडेर चाललाई अघि बढाउनुपर्छ र हातको ताललाई पनि मिलाउनुपर्छ । हिँड्दा ठाडो भएर छात्ती फुलाएर, ढाड सीधा पारेर कसैसँग कुरा नगरी अनुशासनपूर्वक हिँड्नुपर्छ । लेफ्ट राइटको तालमा हातखुट्टाको ताल मिलाए धेरै राम्रो । तर, कहिले दगुर्ने र कहिले बिस्तारै हिँड्ने गर्नुहुँदैन ।
३- कपडाको छनौट हो । कपडा निकै सहज हुने खालको लुज र हल्का हुनुपर्छ । कुन मौसममा मर्निङ वाक निस्किएको हो, सो मौसमअनुसार कपडा छनौट गर्नुपर्छ । कपडा भने फुल साइजको पुरै शरीर ढाक्ने नै हुनुपर्छ । यसले कुकुर तथा अन्य जीवजन्तुको टोकाइबाट बचाउँछ । जुत्ता गिट्टी भएको स्लिप नखाने खालको लगाउनु पर्छ ।
४-आफ्नो ध्यानाकर्षण र एकाग्रताका लागि संगीतको धुन सुनेमा फाइदा हुन्छ । संगीतले मर्निङ वाकमा रचनात्मक र स्फूर्ति दिलाउने भूमिका खेल्छ । सुन्नका लागि हेडसेट वा इयरफोन राख्ने होइन । स्पिकर ठूलो पारेर सुन्दै हिँड्दा राम्रो हुन्छ ।
५-जिस्केर, गफिएर मर्निङ वाक गर्नुहुँदैन । गफिएर गरेको मर्निङ वाकमा उद्देश्य नै थाहा हुँदैन र उक्त उद्देश्य पनि पूरा हुँदैन । मर्निङ वाक एकान्तमा गर्नुहुँदैन र एक्लै पनि गर्नुहुँदैन । कथंकदाचित रक्तचाप बढेर घात भयो वा कुनै दुर्घटना भयो भने सहयोगीहरू पाइँदैनन् ।
६-तनावमा मर्निङ वाक गर्नुहुँदैन । नकारात्मक कुराले शरीरमा हानि गरिरहेको हुन्छ । त्यसैबेला विकृत वा असन्तुलित दिमाग लिएर हिँड्ने काम राम्रो होइन । विचलित मनले दुर्घटना नजिक लैजान सक्छ । मर्निङ वाकमा जाँदा ध्रुमपान र मद्यपान गरेर निस्कनुहुँदैन । हिँड्दा पनि ध्रुमपान गर्नुहुँदैन ।
७- कुकुरजस्ता टोक्ने प्राणीहरूलाई जिस्क्याउनुहुँदैन । र, साथमा लिएर पनि जानुहुँदैन । स्वास्थ्यका लागि हो मर्निङ वाक, योे कुरा ख्याल गर्नुपर्छ । मर्निङ वाकबाट आएपछि सागपात, पोषिलो तथा झेलिलो खानेकुरा खानुपर्छ । त्यसपछि आरामसँग नुहाउनुपर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस