काठमाडौं-काठमाडौं लगायत देशभर नै जाडो लागिसकेको छ। चिसो बढेसँगै मानिसहरुमा रुघाखोकी, श्वासप्रस्वासको समस्याले धेरैलाई सताउने गर्छ।
जाडो याममा ठुला मानिसलाई भन्दा बालबालिकाका लागि सबैभन्दा संवेदनशील मौसम हो। बालबालिकालाई रुघाखोकी लाग्ने, स्वासप्रश्वासको समस्या देखिने हुँदा बालबालिकालाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ। विशेषगरी, पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वासजन्य रोगले सताउने बालरोग विशेषज्ञहरुको भनाइ छ |
बालरोग विशेषज्ञहरुका अनुसार जाडो मौसममा बालबालिकालाई सुसार गर्ने ६ तरिका
१-बाक्लो लुगा नलगाइदिने
अभिभावकले जाडोको बेलामा बालबालिकालाई चिसो नलागोस् भनेर धेरै लुगा लगाइदिने गर्छन्। यसले बालबालिकालाई न्यायो भन्दा थप समस्या ल्याउन सक्छ। धेरै लुगा लगाइँदिदा बालबालिकालाई पसिना आउन सक्छ र उक्त पसिना शरीरमा नै सुकेपछि बालबालिकालाई चिसो लाग्छ, जसले रुघाखोकी, निमोनिया जस्ता समस्याले सताउन सक्छ। बाक्लो लुगा लगाइदिएको अवस्थामा बेला-बेलामा पसिना आएनआएको हेर्नुपर्छ। यस्तै, बालबालिकालाई न्यायो होस् भन्नका लागि कपास भएको लुगा पनि लगाइदिने गरिन्छ। त्यसले पसिना सोस्छ र कपडा चिसो नै रहिरहन्छ।
२-बिहानको घाममा सुताउने
बालबालिकाहरुलाई जाडो मौसममा बिहानीपखको घाममा सुताउने गर्नुपर्छ। १२ बजे अगाडीको घाममा सुताउँदा बालबालिकाको शरीरलाई आवश्यक पर्ने भिटामिन डि पर्याप्त मात्रामा पुग्छ। घाममा सुताइरहेको अवस्थामा शुद्ध तोरीको तेल, नरिवलको तेल वा ध्युकुमारीको तेलले मालिस गरिदिनु राम्रो हुन्छ। तर, बालबालिकालाई तेल लगाउँदा कान, नाक, नाइटोमा तेल लगाइदिनु हुँदैन। यसले संक्रमण निम्त्याउन सक्छ।
३-बेला बेलामा नुहाइदिने
धेरै अभिभावकले बालबालिकालाई रुघाखोकी लाग्छ भनेर लामो समयसम्म बच्चालाई ननुहाइदिने गर्छन्। यो बालबालिकाको स्वास्थ्यको लागि झन् घातक हुन्छ। बालबालिकाको नियमित सरसफाइ गर्ने गरिएको छ भने जतिपटक नुहाउँदा पनि रुघाखोकी लाग्ने सम्भावना रहँदैन। तर, सानो हुँदा कम नुहाइदिने गरिएको छ भने पछिसम्म पनि नुहाउँदा समस्या देखिन्छ। बालबालिकाको नियमित सरसफाइ गरिएन भने विभिन्न खालका खटिराजन्य संक्रमण पनि हुन सक्छ। त्यसैले बालबालिकालाई नियमित नुहाउने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ।
४-रुघा लागेको बेलामा भिक्स नलाइदिने
बालबालिकालाई रुघा लागेको अवस्थामा नाक टालिने गर्दछ। जसका कारण बालबालिकालाई स्वासप्रस्वासमा पनि असहज हुन्छ। यस्तो बेलामा भिक्स लगाइदिने चलन छ जुन बालबालिकाको स्वास्थ्यको लागि राम्रो हुँदैन। भिक्समा रासायनिक पदार्थहरू हुन्छन् जसले बालबालिकाको नरम छालामा असर गर्ने गर्छ। त्यसैले यस्तो बेलामा नरम कपडा वा कपासले नाक सफा गरिदिनुपर्छ।
५-सिजन अनुसारका फलफूल नियमित खुवाउने
धेरै अभिभावकहरुले बालबालिकालाई चिसो हुन्छ भनेर फलफूल खुवाउँदैनन् तर, बालबालिकाहरुलाई मौसम अनुसार पाइने फलफूलहरु नियमित खुवाउनु पर्दछ। फलफुल खुवाउँदा भने फलफूललाई तातो पानीमा पखालेर खुवाउने गर्नुपर्छ। यसले फलफूलमा हुने केमिकल पखालिन्छ। यस्तै, साना बालबालिकालाई स्याउ वा अन्य फलफुल खुवाउँदा पकाएर मिचेर खुवाउनु राम्रो हुन्छ।
६-आमाले पनि सरसफाइमा विशेष ध्यान दिने
जाडो महिनामा बालबालिकालाई स्वस्थ राख्नका लागि बालबालिकालाई मात्र स्याहारसुसार गरेर पुग्दैन। आमाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ। आमालाई संक्रमण भएको अवस्थामा बालबालिकालाई पनि सर्ने सम्भावना रहन्छ। विशेषगरी दूध खाने बालबालिकाका आमाले सरसफाइमा ध्यान दिनुपर्छ। स्तन र स्तनको निप्पल फोहोर भएमा बालबालिकाको मुखमा घाउ आउने सम्भावना हुन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस