काठमाडाैं-एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको बताएका छन्।
तर, सरकार र पार्टीका महत्वपूर्ण कामहरूको व्यवस्थापन गरेर मृगौला प्रत्यारोपणमा जाने तयारी गरेका ओलीको योजना भने अकास्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेपछि केही पछाडि धकेलिन सक्ने चिकित्सकहरूले जनाएका छन्।
प्रधानमन्त्री ओलीकी नीजि चिकित्सक डा दीव्यासिंह शाह मृगौला प्रत्यारोपणको तयारीकै क्रममा अमेरिका पुगेर फर्केको दुई साता बितेपनि मृगौलासम्बन्धी थप उपचारको टुंगो लागेको छैन।
एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको यो उपचार अझै एक सातासम्म चल्ने भएकाले त्यसपछि मात्रै मृगौला प्रत्यारोपणका बारेमा थप निर्णय हुने बुझिएको छ।
१३ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न कम गरेपछि प्रधानमन्त्री ओलीसँग सातामा तीनपटक डाइलासिस गर्ने वा पुनः प्रत्यारोपण गर्ने विकल्प छन्। मृगौला पुनः प्रत्यारोपण गर्ने मनस्थितिमा ओली पुगे पनि कहाँ उपचार गर्ने भन्नेबारेमा निष्कर्षमा पुगिनसकेका कारण पनि उपचारमा ढिलाइ भइरहेको हो।
प्रधानमन्त्री ओली निकट नेकपाका नेताहरूले अहिले सीमित काम गरिरहेको मृगौलालाई नचलाएर अर्को मृगौला प्रत्यारोपण गर्न सकिने प्रविधि भएकाले त्यसैमा गृहकार्य भइरहेको जनाएका छन्।
‘नेपालमै पनि त्यसरी अर्को मृगौला राखेका विरामी रहेछन्, यो प्रविधि पनि सम्भव रहेछ’, ओलीको स्वास्थ्य उपचारबारे जानकार एक जना नेताले भने।
त्यसरी मृगौला राख्दा कम्तीमा तीन महिना पूर्ण आराम गर्नुपर्ने भएकाले देशबाहिर त्यति लामो समय बस्न प्रधानमन्त्रीले इच्छा नगरेको उनको दावी छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस