काठमाडाैं-प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यस्थितिमा उल्लेखनीय सुधार भएको अस्पतालले जनाएको छ ।
बुधवार साँझ महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएका हुन् ।
बुधवार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्यस्थिति सुधारोन्मुख देखिएको बताए ।
‘उहाँ अहिले धेरै ठीक भइसक्नुभएको छ,’ थापाले भने, ‘कालो चिया र जुससमेत पिउनुभयो । अहिले परिवारका सदस्यहरूलाई पनि भेटघाट गर्न दिइएको छ । संक्रमणको जोखिम कम हुँदै गइरहेको डाक्टरहरूले बताउनुभएको छ ।’
मंगलवारको शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखिएको थियो । बुधवार बिहान प्रधानमन्त्रीलाई लगाइएको भेन्टिलेटर हटाइएको डाक्टरहरूले बताएका थिए ।
मंगलवार बिहान पेट दुखेपछि अस्पताल लगिएका प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस