काठमाडाैं-सोमबार रातीबाटै स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहानै अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आईसीयूमा छन् । प्रधानमन्त्री पूर्ण होसमा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
‘म अहिले प्रधानमन्त्रीलाई भेट्न अस्पताल आएको छु । वहाँ होसमा हुनुहुन्छ र स्वास्थ्य स्थिति पनि स्थिर छ । म अझै केही अस्पतालमै समय बसेर उपचारका विषयमा थप जानकारी लिनेछु,’ स्वास्थ्य मन्त्री ढकालले बताए ।
पेटमा समस्या देखिएपछि मंगलबार बिहानै अस्पताल भर्ना भएका ओलीको दिउँसो १२ः४५ बजे एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि प्रधानमन्त्रीको आईसीयुमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले थप समस्या आउन सक्ने सम्भावना औल्याउँदै अझै ३ दिन अस्पतालमै राख्नु पर्ने बताएका छन् ।
अस्पतालले पनि साँझ ७ः३० बजे विज्ञप्ती निकाल्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ । स्वास्थ्य अवस्था गम्भिर भएपनि स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
यसअघि अस्पतालले विज्ञप्तीमार्फत् नै ओलीमा एपेन्डिसाइटिस तथा पेरिटोनाइटिस भएको जानकारी दिएको थियो । डा. रमेशसिंह भण्डारीसहितको टोलीले ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुका साथै लेपेरोटोमी पनि गरेको थियो ।
सामान्य विरामीलाई पनि शल्यक्रियापछि गाह्रो हुने बताउँदै स्वास्थ्य मन्त्री ढकालले प्रधानमन्त्रीको भर्खरै मिर्गौलाको डायलाइसिस गरिएकोले विशेष सावधानी अपनाइएको जानकारी दिए । प्रधानमन्त्री ओलीको तीन दिनअघिमात्र ग्राण्डी अस्पतालमा तेस्रो डायलाइसिस गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस