काभ्रेपलाञ्चोक– बर्डफ्लुविरुद्ध सतर्कताजाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ ।
समितिले कुखुरा व्यवसायी तथा कृषकले अपनाउनुपर्ने जैविक–सुरक्षा (बायो सेक्युरिटी), जिल्लाको नाकामा जाँच तथा पक्षीको स्वास्थ्यमा विशेष ख्याल गर्न अनुरोध गर्ने निर्णय गरिएको जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताए । “पशुपक्षी ओसारपसारका क्रममा विशेष सुरक्षा अपनाउन सरोकारवाला निकायलाई सेचत गराइन्छ”, उनले भने । उनका अनुसार यसअघि पनि कानूनीरुपमा दर्ता तथा बीमा गरी व्यवसाय सञ्चालन गर्न पटकपटक अनुरोध गरिएको छ ।
काभ्रेमा गत वैशाख महिनाबाट बर्डफ्लु रोगविरुद्धका सचेतना अभियान पटकपटक गरिँदै आइएको छ । गत वैशाख १९ गते स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगबाट काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक गरेयता यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएपछि रोगविरुद्ध यहाँ सचेतना अभियानलाई तीव्र पारिएको हो । त्यसयता केन्द्रले जिल्लाका सबै स्थानीय तहमा यसबारे सचेतना कार्यक्रम गरिसकेको छ ।
मन्त्रालयका अनुसार ज्वरो, रुघाखोकीबाट ग्रसित ती युवकलाई गत चैत १० गते अस्पताल भर्ना गरिएको र उनको विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि सेवन गरिरहेकै अवस्थामा चैत १५ गते मृत्यु भएको हो । विभिन्न परीक्षणपछि गत वैशाख १७ गते प्राप्त प्रतिवेदनअनुसार ती युवक इन्फ्युएन्जा ए एच वान सङ्क्रमण भएका कारण मृत्यु भएको जनाउँदै मन्त्रालयले नाम गोप्य राखेको थियो ।
केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै रोगविरुद्धको सचेतना अभियान कार्यक्रमलाई तीव्र पारिने बताए । उनले भने , “गत वैशाखमा काभ्रे एक युवाको बर्डफ्लुले मृत्यु भएको खबर पाएदेखि पटकपटक विज्ञ टोलीमार्फत सचेतना कार्यक्रम गर्दै आएका छौँ ।” सचेतनामा कुखुराको मासु ७० डिग्रीसम्मको तापक्रममा पाक्दा मासुमा कुनै भाइरस भए मर्ने र मानव स्वास्थ्यमा असर नपर्ने तथा खोरबाट निकालेर मासु तयार पारेर पकाउँदासम्म अपनाइने सावधानीका विषयमा जानकारी दिइन्छ ।
अभियानअन्तर्गत प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दैआएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिने केन्द्र प्रमुख शाहले बताए । उनले भने , “हाम्रो प्राविधिक संलग्न टोलीले पुनः किसानको फार्ममै पुगेर जथाभावी कुखुराको खोरमा आवतजावत नगर्ने, विसंक्रामक (डिस्इन्फेक्टेन्ट) औषधि छर्ने र कुखुरा हेरालुलाई पर्याप्त सुरक्षा सावधानी अपनाउने विधि सिकाउने छौँ ।” जिल्लाका ३५० किसान व्यावसायिकरुपमा कुखुरापालन गर्दै आएका छन् ।
यसैबीच, केन्द्रले गत साल चैतमा स्थापना गरेको काभे्रको साँगा, नाला र मङ्गलटार नाकामा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्टलाई पुनः सक्रिय बनाउने भएको छ । चेक प्वाइन्टमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइनेछ । चेक प्वाइन्टमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रोगशालामा पठाइने गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस