बनेपा– जिल्लाको सात स्थानीय तहका सामुदायिक विद्यालयका करिब २२ हजार ६ विद्यार्थीले इएर केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कानको उपचार र त्यसबाट हुनसक्ने सम्भावित समस्याबाट मुक्त हुने विषयमा उपचार तथा परामर्श सेवा लिएका छन् ।
सो संस्थाले स्थानीय तहसँगको समन्वयमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा रोखर १८ महिनादेखि सञ्चालन गरिएको अभियानमा ती विद्यार्थीको कानको उपचार गरी सहयोग गरेको संस्थाका अध्यक्ष डा मिलन महर्जनले बताएका छन् । “बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र तेमाल गाउँपालिका गरी १३० विद्यालयका २२ हजार ६ विद्यार्थीको कान जाँच गरिएकामा दुई हजार ८१ विद्यार्थीमा समस्या देखिएको छ, २९८ जनाको कान शल्यक्रिया नै गर्नुपर्नेमा २०३ जनाको शल्यक्रिया गरेका छौँ”, महर्जनले भने ।
संस्थाका अध्यक्ष महर्जनका अनुसार उपचार निःशुल्क गरिएको हो । बढीजसो गाउँबाट शहरमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने निम्नवर्गका परिवारका छोराछोरीहरुमा कानको समस्या भएको पाइएको डा महर्जनले बताएका छन् ।
शल्यक्रिया गर्न बाँकी करिब सय विद्यार्थी सम्पर्कमा आएमा शल्यक्रियामा सहयोग गर्ने संस्थाका उपाध्यक्ष पुरु रिसालले बताए । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले नगरपालिकाले बालमैत्री घोषणा गर्न लागिरहेको बेलामा उक्त कार्यक्रमलाई निरन्तरता दिएर सहयोग गर्न आग्रह गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस