काठमाडौँ : योग तथा प्राकृतिक चिकित्सा सेवा दिने उद्देश्यले ‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालनमा आएको छ ।‘ब्याक टु नेचर ।’ अर्थात् प्रकृतितर्फ फर्कौं । आधुनिक विश्वले अहिले यही नारा गुञ्जाउन थालेको छ । भौतिक विकासको उत्कर्षमा रमाइरहेको समाज अब प्राकृतिक जीवनपद्धतिमा फकर्ंदैछ । यसैको सिलसिला हो, प्राकृतिक उपचार पद्धति ।
त्यसो त प्राकृतिक उपचार हाम्रो प्राचीन पद्धति पनि हो । हानिरहित मानिने यो पद्धतिले प्राकृतिक रुपमै स्वस्थ र तन्दुरुस्त राख्न सहयोग गर्ने बताइन्छ । त्यसैले प्राकृतिक उपचारमा सर्वसाधरणको लगाब बढ्दो छ । नतीजा, धमाधम नेचुरोपेथी अस्पताल सञ्चालनमा आउन थालेको छ ।
यही मेसोमा अहिले काठमाडौंमा एक नेचुरोपेथी अस्पताल सञ्चालनमा आएको छ । ‘योग तथा प्राकृतिक चिकित्सा क्षेत्रमा अत्याधुनिक सेवा-सुविधायुक्त’ यो अस्पताल काठमाडौंको बसुन्धरामा छ ।
‘आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना औषधि नैै उपचार गरिने प्राकृतिक अस्पताल हो’ मेडिकल निर्देशक डा. योन्जन गैह्रे भन्छन्, ‘यस अस्पतालमा औषधिबिहीन चिकित्सा पद्धतिहरु प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिन्छ ।’
डा. गैह्रेका अनुसार, यस अस्पतालमा विशेषगरी दीर्घकालीन रोगहरु कम्मर, घुाडा दुखाई, प्यारालाइसिस, नशा च्यापिने तथा नशा सम्बन्धी समस्या, बाथ, हड्डी खिइने तथा हाडजोर्नी सम्बन्धी समस्या, पिनास, माइग्रेन, टाउको दुखाई, तनाव, डिप्रेसन तथा अन्य मानसिक समस्या, मधुमेह, उच्च रक्तचाप, ग्यास्टि्रक, पायल्स, कब्जियत, दम, खोकी, महिनाबारी गडबडी, मोटोपना जस्ता अव्यवस्थित जीवनशैलीका कारण आउने रोगहरुको निदान गरिन्छ ।
अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, भीआइपी आवास कक्ष रहेको काठमाडौं नेचुरोपेथी अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिष्ट, नेचुरल थेरापिष्ट, नर्सिङ स्टाफ र अन्य अनुभवी जनशक्तिबाट बिरामीको उपचार गरिने अस्पतालका अध्यक्ष गणेश पाण्डेले बताए । उनका अनुसार, बिरामीलाई मात्रै नभई निरोगीलाई समेत दीर्घजीवी रहनका लागि यस अस्पतालले व्यवस्थित जीवनशैली क्लिनिक सुरु गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस