स्वस्थ रहन बिहान गर्ने क्रियाकलापले ठुलो भूमिका खेलेको हुन्छ | यसबारे हामीले केहि जानकारी प्रस्तुत गरेका छौं |
बिहान के गर्ने ?
दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । त्यसैले जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप सुरु गर्नु उत्तम हुन्छ । चाँडो सुत्ने, चाँडो उठ्ने गर्नाले मान्छेलाई स्वस्थ, धनी, बुद्धिमानी बनाउँछ भन्ने उखानै पनि छ । बिहान चाँडो उठ्नेले ढिलो उठ्नेले भन्दा सहजरूपमा समयको व्यवस्थापन गर्न सकेको देखिन्छ ।
व्यायाम, हिँडाइ वा योग सबै गर्न उपयुक्त समय पनि बिहान हो । बिहानको स्वच्छ हावाले शरीरलाई थप फाइदा दिन्छ । बिहानी नै दिनको सुरुवात भएकोले बिहानीपखमा जाँगरिलो हुने भएकाले यसलाई प्रिय र उत्पादनशील बनाउन जरुरी छ । बिहानको हिँडाइ तथा व्यायामले पूरै दिन ताजगी र उत्साहमय बन्छ भने खुशीमय बिहानीले पूरा दिन फलदायी बनाउँछ ।
बिहान ४ बजेदेखि ९ बजेसम्म हाम्रो शरीरमा ‘सिम्पेथेटिक प्रणाली’ सक्रिय हुन्छ । यसले गर्दा शरीरमा अधिक एड्रेनलिन उत्पादन र वितरण हुनुका साथै उच्च रक्तचाप एवम् अधिक मुटुको गति वा धड्कन हुने गर्छ । त्यसैले गर्दा बिहानको हिँडडुल, व्यायाम वा योगले यी अवस्थाविरुद्ध शरीरलाई तमतयार गराउँछ ।
शरीरलाई बोझ बोक्न वा खतरा सामना गर्न तयार पार्ने हुनाले विशेष फाइदा हुन्छ । बिहानको योग वा व्यायामले शरीरको क्षमता विकास हुन्छ र निरोगी हुन सकिन्छ । त्यसको साथै बिहानलाई थप फलदायी बनाउन नयाँ कुराहरू गर्ने प्रण गर्ने, कुनै प्रतिज्ञा गर्ने भएमा गर्ने, मन पर्ने मान्छेलाई फोन गर्ने वा भेटघाट गर्ने, आफन्तलाई सम्झने वा फोन गर्ने, राम्रो तथा सकारात्मक सोच राख्दै दिनभरिमा सकेसम्म कम रिसाउने र बढी हाँस्ने प्रण गर्न सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस