१. लसुन
लसुन खाना प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिइन्छ । लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।
२ .मह
आफ्नो यौन क्षमता बढाउन मध्यकालमा मानिसहरुले मह पिउने गर्थे । प्राचीन समयमा कुनै पनि बिबाहित जोडिलाई बिबाह गरेको एक वर्षसम्म महबाट बनेको पेय पदार्थ नियमित रुपमा खुवाइन्थ्यो, ताकी उनीहरुको हनिमुन रमाइलो होस् र बिबाह सफल होस् ।
महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।
३ .अदुवा
यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ ।
भर्खरै बिरामी भएर निको भएका व्यक्तिको तग्रिन पनि यसले सहयोग प्रदान गर्छ । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती र मह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ ।
४ .ट्रफल
दक्षिण पश्चिम युरोपमा पाइने ट्रफल ( एक प्रकारको फन्जी ) यौन उत्तेजनाको दृष्टिले महत्वपूर्ण खानेकुरा मानिन्छ । प्राचीन ग्रीस र रोममा यसको अत्यधिक प्रयोग हुन्थ्यो । यसलाई आफ्नो पार्टनरसँग रमाइलो साँझ जस्ता विशेष अवसरमा आफ्ना पार्टनरसँग बसेर खान सकिन्छ ।
ट्रफलले बासना पुरुषको पसिना जस्तो हुने र महिलाहरुलाई पनि आर्कर्षित गर्ने बताइन्छ । ऐतिहासिक पुरुष नेपोलियन बोनापार्टले ट्रफल खाँदा यौन शक्ति बढ्ने विश्वास गर्थे ।
५ .चोरिजो ,स्पेनिश पोर्क
तेलीय रातो मासुमा प्रोटिन र जिंकको मात्रा उच्च हुने र यसले टेस्टोटेरोनको उत्पादनमा सहयोग पुयाउने गर्छ । यो भिटामिन बी वानको पनि स्रोत हो जसले शरिरलाई एमिनो एसिड सोसी खानालाई उर्जामा बदल्न सहयोग पुयाउछ ।
६ .अन्जिर
अन्जिर वा फिग्सलाई यौन र अपराधसँग सम्बन्धित एउटा कुख्यात खाना हो । एडम र इभको बाइबल कथामा उनीहरुको नांगो शरिर ढाक्न अन्जिरको पातहरुलाई प्रयोग गरी अन्जिरलाई सेक्ससँग पर्याबाची गराइएको छ । यसले मुटु र रक्त कोषिकाको कामलाई पनि सहयोग गर्छ ।
७ . मेडजोल डेट्स
मेडजोल डेट्स उत्तेजक र पवित्र दुबै मानिन्छ । डेट्स महिलाहरुका लागि निकै उत्तेजक मानिन्छ । यसले कुनै पनि व्यक्तिको यौन जीवनमा सुधार ल्याउने इरान र नाइजेरियाको विश्वास छ । पोषण, भिटामिन, खनिजयुक्त डेट्सले शरिरलाई उर्जा प्रदान गर्छ । एमिनो एसिडयुक्त यसले सेक्सुअल स्टेमिनालाई सशक्त बनाउछ । तसर्थ आफ्नो पार्टनरसँग रमाइलो साँझ बिताउन यो खाना उपयोगी मानिन्छ ।
८ .लिक्वोराइस
प्राचीन चीन र इजिप्टमा यौन उत्तेजना बढाउन लिक्विओराइसको प्रयोग हुन्थ्यो । यसको उपभोगले लिंगमा रगतको मात्रा १३ प्रतिशतले बढाइदिने बताइन्छ ।
९ .साल्मोन
समुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ । ओगमा ३ युक्त साल्मोनको परिकारले दिमागमा हामीलाई खुसी पार्ने हर्मोन सेरोटोनिनको मात्रामा बृद्धि गरी तपाईको मुड रमाइलो बनाउछ । जिंकले मानिसमा बीर्य उत्पादन गर्न महत्वपूर्ण मानिने टेस्टोटेरोनलाई नियन्त्रण गर्छ र यौन गतिलाई बढाउँछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस