जनकपुर -जनकपुर अञ्चल अस्पतालको पश्चिमछेउको बाटोमा सडकमै जोकोहीलाई दिसापिसाब गरिरहेको देख्न सकिन्छ । खुल्ला दिसामुक्त क्षेत्र घोषण हुनुभन्दा पहिला पनि त्यहाँ मानिसहरू सडकछेउमै दिसापिसाब गर्थे भने अहिले पनि अवस्था उस्तै छ ।
अस्पतालमा उपचार गराइरहेकाहरू पनि त्यहीँ दिसापिसाब गर्न पुग्छन् भने औषधि पसलेहरूका लागि पनि त्यहीँ उपयुक्त स्थान बनेको छ ।
‘के गर्ने ? औषधि पसलका लागि एउटा घर भाडामा लिएको छु, शौचालय दिएको छैन, कतै त जानु पर्यो,’ एक औषधि पसलेले बताए । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र जम्मा दुईवटा मात्र शौचालय सञ्चालनमा रहेका छन्, तर दुर्गन्धित अवस्थामा ।
जनकपुरमा यो एक स्थानको मात्रै समस्या होइन, यहाँका दर्जनौं स्थान छन्, जहाँ स्थानीयवासी खुल्लमखुल्ला शौच गर्ने सञ्चारकर्मी जयन्त ठाकुर बताउँछन् ।
जनकपुरधाम उपमहानगरपालिकाका केही वडा सदस्यकै घरमा शौचालय छैन । दलित जनप्रतिनिधि अधिकांशको घरमा शौचालय नभएका कारण खुला आकाशमुनि दिसापिसाब गरिरहेको अवस्था छ ।
धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । यहाँ रहेको १ लाख ४० हजार ४ सय ५३ घरमा शौचालय रहेको दाबी गरिएको छ । तर, १० प्रतिशत मानिस अझै शौचालयको पहुँचबाट टाढा छन् ।
गैरसरकारी संस्था र खानेपानी सरसफाइ डिभिजन कार्यालयको सहयोगमा धनुषा जिल्ला खुला दिसामुक्त घोषणा गरियो । जनकपुरधाम उपमहानगरपालिका– १८ कपिलेश्वर डोम समुदायमा एउटा पनि शौचालय छैन । गाउँमा ४६ धुरीको बस्ती छ ।
यति ठूलो बस्तीमा एउटा सार्वजनिक शौचालय पनि नरहेको स्थानीय ५७ वर्षीय कली मल्लिकले बताइन् । जग्गा अभाव र चरम गरिबी रहेको क्षेत्रमा सरकारले शौचालय नबनाएर घोषणा गर्नु औचित्यहीन रहेको उनको भनाइ छ ।
‘पोस्ट ओडिएफ’ कार्यक्रमले यो समस्यालाई सामाधान गर्ने खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति धनुषाका सदस्य सचिव चन्देश्वरप्रसाद साहको तर्क छ । शौचालय नभएका ठाउँमा शौचालय बनाउन पहल गर्ने, मर्मत–सम्भार, शौचालयको प्रयोग, स्वच्छ खानेपानीलगायत विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।
पूर्ण सरसफाइ हुन चर्पीको प्रयोग, साबुनपानीले हात धुने, सुरक्षित पानीको प्रयोग, सफा घरआँगन, सफा वातावरण जस्ता ६ वटा सूचक तोकिएको छ ।
महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह भन्छन, ‘१० प्रतिशत घरमा शौचालय नभएको यथार्थ हो, यो कसैले नकार्न सक्दैन ।’ जमिन अभाव, चेतना अभावजस्ता कारणले मानिस खुल्ला स्थानमा दिसा गरिरहेको उनले बताए ।
‘हातहातमा १५ हजारको मोबाइल बोकिरहेका छन् । ५ हजारको शौचालय बनाउन चाहँदैनन्,’ मेयर साहले भने, ‘नेपालले अन्तर्राष्ट्रिय जगतसँग जुन बाचा गरेको छ, त्यही पूरा गर्न सबैतिर थोरै–थोरै चिटिङ गरेर खुला दिसामुक्त घोषणा गरियो । दाताको बहकावमा कागजमा खुला दिसामुक्त घोषणा भएको छ ।’ सो नगरपालिकामा शौचालयका सिटहरू बसाइएको छ तर ती सिटमै समानहरू राख्ने गरिन्छ ।
प्रदेश २ का आठ जिल्लामा ९ लाख ३६ हजार २७८ घर संख्या छ । सबै घरमा शौचालयको पहुँच भइसकेको खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्यांक छ । स्थानीय सरकारका जनप्रतिनिधि १० प्रतिशत घरमा शौचालय नभएको बताउँछन् । विभागकै तथ्यांकमा प्रदेशभरका ११ हजार ५ सय १० घरमा शौचालय नभएको उल्लेख छ ।
२७ भदौमा पर्सा, २८ मा बारा, ३० मा धनुषा र सर्लाही तथा ३१ मा महोत्तरी खुला दिसामुक्त जिल्ला घोषणा भए । २०७५ मा रौतहट तथा २०७४ मा सिरहा र सप्तरी खुला दिसामुक्त घोषणा भइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस