काठमाडाैं-निजी मेडिकल कलेजका सञ्चालकहरूले सरकारले निर्धारण गरेको शुल्कमा एमबीबीएसका विद्यार्थीलाई अध्ययन गराउन नसक्ने प्रष्ट पारेका छन्।
सरकारले तोकेको मूल्यमा अध्ययन अध्यापन गराउन नसक्ने भन्दै उनीहरूले मन्त्रालयको नेतृत्वलाई नै चुनौती दिएका छन्।
निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका महासचिव डा.सुनिल शर्माले सरकारले तोकेको शुल्कमा पढाउन बाध्य पारिए सहन नसकिने चेतावनी दिए। निजी क्षेत्रका मेडिकल कलेजले सरकारलाई साँचो बुझाइसकेको जानकारी दिँदै उहाँले सरकारले तोकेको शुल्कमा विद्यार्थी पढाउनै नसकिने धारणा व्यक्त गरे।
उनले शुल्कमा पुनरवलोकन नभएसम्म एमबीबीएस तथा बीडीएसमा भर्ना नलिने बताए। सरकारले एमबीबीएसमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपियाँ शुल्क तोकेको छ।
यस्तै बीडीएसमा १९ लाख ३२ हजार ६१२ रुपियाँ शुल्क तोकिएको छ। संस्थाका अध्यक्ष बसुरुद्दिन अन्सारीले पनि यथास्थितिमा भर्ना नलिने बताए। उनले मेडिकल कलेजको सिट घटेको कारण उक्त शुल्कमा अध्ययन गराउन नसकिने प्रष्ट्याए।
यता विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफूले चिकित्सा शिक्षा ऐन लागू गर्न मात्र खोजेको बताए। ऐन आइसकेकाले त्यसलाई लागू गर्नु कर्तव्य भन्दै मन्त्री पोखरेलले थपे, ‘ऐन कार्यान्वयनका क्रममा आउने बाधादेखि पछाडि हट्दिनँ।’
अध्यक्ष अन्सारीले तलब बढेको, महँगी बढेको अवस्थामा कलेज टाट पल्टिने बाहेक केही नहुने भएकाले सरकारले निर्धारण गरेको शुल्कमा पढाउन नसकिने बताए।
उनले निजी मेडिकल कलेजहरूलाई ठग र माफियाको बिल्ला भिराएकोमा आपत्ति जनाउँदै देशकै लागि केही गरौँ भनेर मेडिकल कलेज सञ्चालन गरेको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस