काठमाण्डौ– यौन शब्दले नै मानिसको मनमा एक खालको तरंग ल्याउने गर्छ। हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ। तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ। अतृप्त यौन आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ। दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ। एक जनाले मात्र सन्तुष्ट हुनुलाई सम्भोग भनिँदैन। सम्भोगको अर्थ नै दुवैले समान रूपमा भोग्नु वा यौनको आनन्द पाउनु हो। यौन आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्ने डा. खेम कार्कीले सुझाव दिएका छन्।
१. चाहना
यौन आनन्दको पहिलो चरण हो-चाहना, सबैभन्दा पहिला यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ। यौन चाहना भएन भने जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ। यौनमा कल्पना, दृश्य, आवाज, वासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन्। यौनाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन्। कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ। कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ। कसैकसैको गर्धन र कतिपयको ओठमा यौन आकर्षण हुन्छ। यही यौन आकर्षणले मानिसमा यौन चाहना बढाउने गर्छ।
२. उत्तेजना
यौन आनन्दको अर्को चरण हो उत्तेजना। महिलाको तुलनामा स्वभावैले पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन्। यो अवस्थामा आइपुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू थोरै कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ।
३. धारणा
यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ। यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ। श्वासप्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको महसुस हुन्छ। योनी र लिंगबीचको अत्यधिक घर्षणले विस्तारै यौनरस निस्कन्छ। महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उचालिएकोे, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ।
४. चरम आनन्द
यौन सम्पर्क गर्दा बीर्य स्खलन हुने अवस्थालाई चरम आनन्द अर्थात् चरमोत्कर्ष भनिन्छ। यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन्। शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ। तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ। यौन आनन्द दुवैले पाउनुपर्छ। चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन्। श्वासप्रश्वास, मुटुको चाप र रक्तचाप अत्यधिक उच्च हुन्छ।
५.समापन
सहवासको अन्तिम अवस्था भनेको समापन हो। यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रियजस्तै भएर सुस्ताएका हुन्छन्। अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन्। महिलाभन्दा पुरुष तुलनात्मक धेरै गलिसकेका हुन्छन्। पुरुष स्खलित भएको पाँच, दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तम्तयार हुन सक्छन्। तर महिलाको यौनांग त्यति चाँडै तयार हुन सक्दैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस