काठमाडौँ : ललितपुरको कुपण्डोलस्थित काजल क्रिएसनकि संचालिका चर्चित फेसन डिजाईनर काजल शर्माले आफ्नो जन्मदिन अनाथालयमा मनाएकी छिन। श्री जना उद्धार सेवा समिति टेकुमा आश्रित अनाथ बच्चाहरु संग उनले जन्मदिनको खुसि साटा-साट गरेकी हुन्। उक्त अवसरमा सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै गरेकी समाजसेवी तथा फेशन डिजाईनर काजल शर्माले आश्रित बालबालिकाहरुको लागि सहयोग समेत प्रदान गरेकी थिइन्।
काजल क्रिएसन बुटिककि सञ्चालिका काजल शर्मा बिगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन्। काजल क्रियएसन बुटिकले नेपाल देखि युरोपसम्म आफ्नो संजाल फैलाउदै गएको छ। विश्व भरिनै अहिले उनले डिजाइन गरेको ड्रेसहरुको माग बढ्दै गएको छ। छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटिदेखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ।
विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलिब्रेटी नायक, नायिका, राजनीतिकर्मी, व्यवसायीहरु तथा सर्व साधारणहरुको समेत ड्रेस डिजाइन गरेर काजल क्रिएशनले ख्याति कमाएको छ। नेपालमा फेसनप्रतिको सोच बिस्तारै परिबर्तन भएको र जीवनशैलीमा परिवर्तन आएको उनी बताउँछिन्। फेसनप्रतिको सोचमा फरकपन आएको भएरनै फेसन समय साथमा परिवर्तनशील छ। समय अनुसार हरेक प्राणीले आफ्नो दैनिक आवश्यकता अनुसारको जीवन शैली अपनाइरहेका हुन्छन्। मानिसहरु पनि समयको गति सँग सँगै नयाँ सोचहरुको बिकास गरी जीवन शैली सहज बनाउन बिभिन्न आविस्कारहरु गरी नै रहेका छन्। जमाना देखि अहिलेको अति आधुनिक युगसम्म पनि मानिसहरुको फरक तथा नयाँ ढाँचाको सोचका कारण जीवन शैलीमा परिवर्तन भई सहज जीवन यापन गरी रहेको अवस्था छ । त्यसैले उनि भन्छिन हरेकलाई अरु भन्दा फरक र राम्रो बनौँ भन्ने चाहना हुन्छ। त्यसै अनुरुप आफ्नो ग्राहकहरुको मागलाई ध्यान दिदै सेवा प्रदान गर्नु पर्छ।
नेपालमा मोडलिङ र फेसन डिजाइनिङलाई एउटै आँखाले हेर्ने पुरातन सोच रहेको बताउँदै उनी दुई फरक तर एक अर्काको परिपूरक विधा भएको बताउँछन्। ‘फेसन भन्ने वित्तिकै मोडलिङ या ग्ल्यामरस फिल्ड भन्ने बुझिन्छ तर यो फरक क्षेत्र हो। फेसन मोडलले प्रयोग गर्न सक्छ यस अर्थमै एउटै आँखाले भने हेर्न मिल्दैन’ उनी प्रष्ट्याउँछिन।
काजल भन्छिन फेसन डिजाइन भनेको एउटा कला हो, क्रियटिभ माइण्डले काम गर्दै समय अनुसार परिबर्तन हुनु सक्नु पर्छ। ‘क्लाइन्टको रोजाइलाइ अनि विश्वमा फेसनमा आएको परिबर्तनलाइ आत्मासाथ गर्दै अगाडी बढ्न सक्नुनै एउटा कुशल फेसन डिजाइनरको पहिचान हो’।
काम प्रतिको इमान्दारिता, जाँगर एवं सम्पूर्ण ग्राहकहरुको बिश्वास र सहयोगले आफूलाई एक सफल सबल डिजाइनर बनाएको उनी बताउँछिन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस