आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने निम्न खानेकुराबाट प्राकृतिक रूपमै आँखाको ज्योती राम्रो बनाउन सकिन्छ :-
१.हरियो तरकारी
हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ ।
२.जिरा
जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग हरेक दिन खाने ।
३ .सुकुमेल
तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग पिउने ।
४.अमला
अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योती बढ्छ ।
५.ग्रिन टी
दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।
६. सुप
एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।
७.हाडेबादाम
राति छसातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।
८.तोरीको तेल
राती सुत्नुअघि तोरीको तेलले टाउको हरेक दिन मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस