काठमाडाैं-टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार डेङ्गु परीक्षण गर्ने बिरामीको लाइन निक्कै लामो थियो।
अस्पतालबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कार्यालयसम्मै लाइनले नपुगेर अस्पताल परिसरमा बिरामीको बाक्लै भीड पनि थियोे ।
टिकट काट्ने लाम त्यत्तिकै लामो थियो भने ज्वरो आएका बिरामी सकिनसकी भीडमा चिकित्सकको पालो कुरिरहेका थिए । ज्वरो युनिटको बहिरङ्ग (ओपीडी)मा मात्र सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनः लगायत अन्य चार जना चिकित्सक बिरामी जाँच्न व्यस्त थिए।
ललितपुरको पुल्चोकबाट डेङ्गु भएको आशङ्कामा उपचार गराउन आएका विनोद मानन्धरले आफूलाई ज्वरो आएर ठीक नभएको, शरीर गल्ने, पिँडुला दुख्नेजस्ता समस्या भएपछि अस्पताल आएको बताए। काठमाडौँ ताहाचलकी आशिष्मा शर्माले पनि ज्वरो आएपछि डरले जँचाउन अस्पताल आएको बताइन्।
त्यस्तै राजधानीकै बानेश्वरबाट आएका सञ्जय घिमिरे पनि डेङ्गुसँंग मिल्दो लक्षण भएपछि थप परीक्षणका लागि अस्पताल आएका हुन्। मानन्धर, शर्मा र घिमिरेजस्ता सयौँ व्यक्ति डेङ्गु उपचारका लागि अस्पताल आएर चिकित्सकको प्रतीक्षामा थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस