भक्तपुर- काठमाडौँको महाबौद्धमा रहेको वीर अस्पताल विस्तार गरी एक हजार पाँच सय शैयाको अस्पताल बनाउने सरकारको निर्णय अन्योलमा परेको छ ।
चार वर्षअघि सरकारले वीर अस्पताललाई भक्तपुरको चाँगुनारायणस्थित दुवाकोटमा ५७० रोपनी जग्गा उपलब्ध गराएर एक हजार पाँच सय शैयाको अन्तर्राष्ट्रिय स्तरको ठूलो अस्पताल बनाउने निर्णय गरेको थियो ।
अस्पताल बनाउन चीन सरकारले सहयोग गर्ने घोषणा गरेको थियो । कुल ५० अर्ब रुपियाँ लगानीमा चीन सरकारले बनाइदिने उक्त अस्पताल चिनियाँ प्राविधिक समूहले विस्तृत परीक्षण गरेपछि दुवाकोट अस्पताल बनाउन माटो अनुपयुक्त रहेको निष्कर्ष निकाल्यो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले तत्काललाई दुवाकोटमा वीर अस्पताल विस्तार गर्ने सरकारी योजना नरहेको बताए । चिनियाँ प्राविधिक टोलीले त्यहाँको माटो ठूलो भवन बनाउन उपयुक्त नभएकाले वीर अस्पताल नबन्ने निश्चित भएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस