शारीरिक तथा मानसिक रूपमा हृष्टपुष्ट र स्वस्थ रहन विशेषगरी हामीले बिहानको खानामा ध्यान पु-याउन जरुरी छ । यो सन्तुलित भोजनयुक्त हुन आवश्यक छ । यसका लागि खानपानको सन्तुलन मिलाउनु पर्ने जरुरि हुन्छ | त्यसैले बिहान कस्तो खाना खाने भन्ने बिषयमा यहाँ चर्चा गरिएको छ |
१. १२ बजेसम्ममा खाइ सक्नु उपयुक्त –१२ बजेको समयमा बिहानको खाना खानु उपयुक्त हुन्छ । कोदो तथा फापरको ढिँडो, मकैको च्याँख्ला, गहुँको च्याँख्ला, ब्राउन राइस, ब्ल्याक राइस खानाको रूपमा खानुपर्छ । खानासँग तरकारी खाइन्छ । खानासँग मौसम अनुसारका सलाद पनि खानु राम्रो हुन्छ |
२.उसिनेको तरकारी – खानासँगै खाने उसिनेको तरकारी खानु राम्रो हुन्छ । उसिनेको तरकारी सय डिग्री फरेनहाइड तापक्रममा पकाइने भएकाले ब्याक्टेरिया मर्छन् । उसिनेको तरकारी तथा परिकारमा ब्याक्टेरिया मर्छन्, तर पोषण तत्व भने नाश हुँदैन ।
३.चिल्लो पिरो नखानु राम्रो –तरकारी बनाउदा चिल्लो, पिरो र मरमसला कम हालेर तरकारी बनाउनुपर्छ । फ्राई गरेको वा भुटेको तरकारी तथा परिकार सकभर नखाएकै राम्रो । तरकारी तथा परिकार तेलमा तार्दा वा फ्राई गर्दा परिकारको पोषणको रूप नै परिवर्तन हुन्छ । खाँदा जिब्रोका लागि स्वादिलो भए पनि तारेका तथा भुटेका परिकार खानु पोषणका हिसाबले गलत हो ।
४. दाल छुट्टै पिउनु राम्रो – दालभात खानु राम्रो भए पनि दाल भातसँग मुछेर नखाँदा नै राम्रो । दाल छुट्टै पिउनु उपयुक्त हुन्छ । दाल–भात एकै ठाउँ मुछेर खाँदा खाना राम्रोसँग चपाइन्दैन । खाना राम्रोसँग नचपाई निल्दा पाचन प्रक्रियाले काम गर्न सक्दैन । दाँतको कामसमेत हुँदैन । पाचन प्रणालीमा प्रत्यक्ष रूपमा नकारात्मक असर गर्छ, जसले ग्यास्ट्रिकको जोखिम बढ्छ । खाना चपाउँदा पाचन ग्रन्थीबाट र्याल निस्किन्छ । तर, नचपाई खाँदा सो -याल ननिस्किने भएकाले ग्यास्ट्रिकको जोखिम हुन्छ । त्यसैले चपाएर खाँदा पचाउन सजिलो हुन्छ ।
५. पानी नपिउनु – खानासँगै पानी पिउँदा पाचन ग्रन्थीबाट निस्किने इन्जाइम पानीले पखाल्ने भएकाले खाना पच्दैन । त्यसैले खानासँग पानी पिउनु त्यति उपयुक्त हुँदैन । खाना खाएको आधा घन्टापछि पानी पिउनु राम्रो हो । राम्रोसँग चपाएर -याल निकालेर खाना खाँदा खाना अड्किने सम्भावना पनि कम हुन्छ । सामान्यतयाः दिउँसो शरीर सक्रिय हुने भएकाले अघाउन्जेल खाना खान सकिन्छ । खाना पच्छ पनि । खानासँगै दूध, दही, मही पनि खाएमा लाभदायी हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस