बिहान खाली पेटमा खान नहुने ९ खानेकुराबारे जानी राखौ
१. कफि/ चिया – बिहान उठ्ने बित्तिकै खाली पेटमा कफि पिउँदा पेट पोल्ने र ग्यास भरिनेजस्ता समस्याले दिनभरी सताउन सक्छ। खाली पेटमा कफी पिउदा एसिडिटी, ग्यास्ट्रिक, छातीमा जलन हुने र पाचनशक्ति कमजोर हुने जस्ता समस्याले बिकराल रुप लिन समय लाग्दैन्।
कफिले हाइड्रोएसिड मात्रा बढाएर ग्यास्ट्रिक बढाउने काम गर्छ। कफिको सट्टा मन तातो पानी र व्यायाममा ध्यान दिन सकिन्छ।
त्यसैगरी चियामा पनि उच्च मात्रामा अम्ल हुन्छ । त्यसैले खाली पेटमा चिया पिउनै हुँदैन । यसले पेट दुख्ने, ग्यास्ट्राइटिस हुने, खान मन नलाग्ने लगायतका समस्या पैदा गर्छ ।
२.तेलमा तारेको खानेकुरा –खाली पेटमा परौठा वा तेलमा तारेको खानेकुरा खानुभन्दा स्वास्थ्यलाई नराम्रो अरु केही नहोला। एसिडिटी र चिल्लो पदार्थको मात्रा शरीरमा धेरै हुनाले मोटोपना पछि अल्छिपना जस्ता समस्याले सताउन सक्छ।
३.केरा –बिहान खाली पेटमा केरा खानाले मुटुमा असर पर्छ। केरामा म्याग्नेसियम र पोटासियम अधिक मात्रामा पाइन्छ। र ब्याक्टेरिया सक्रिय भइ स्वत असर मुटुमा पर्छ। खाली पेटमा तीनवटा केरा खाएमा दिनभरी मुटु दुख्ने समस्याले सताउन सक्छ।
हामी सोच्छौं चिसोको कारणले मुटु दुख्यो तर मुटु दुख्नु केराको कारण ब्याक्टेरिया बढेको हो।
४. टमटर-टमाटर हेर्दा स्वादिष्ट र मन नपराउने व्यक्ति पनि कमै होलान् तर टमाटरले अल्सर गराउन सक्छ। टमाटरमा टनिक एसिडको मात्रा धेरै हुन्छ। काँचो सब्जी खाली पेटले पचाउन सक्दैन्।
टमाटर र काक्रोलाई पोषक तत्व मानेर काँचो खाने चलन सामान्य हो तर यसले ग्यास्ट्रिक र अल्सर हुने सम्भावना धेरै हुन्छ।
५ सोडा –सोडामा उच्च मात्रामा कार्बोनेट अम्ल हुन्छ । खालीपेटमा सोडापानी खानाले उक्त अम्लले नकारात्मक असर पुग्दछ ।
६ औषधी- केही अपवाद बाहेक औषधिहरु खान पछि मात्र खानुपर्ने हुन्छ । डाक्टरहरुले पनि खाली पेट औषधि नखान सल्लाह दिन्छन् किनकी खाली पेटमा औषधि खानले पेटमा अम्लपना बढ्ने जोखिम हुन्छ ।
७ अल्कोहल- खालीपेटमा मदिरा सेवन गर्नु पनि हानिकारक हुन्छ । खालीपेटमा रक्सी खानाले पेटमा जलन हुने तथा राम्रोसँग खाना नपच्ने समस्या हुन्छ ।
८ दही- दही स्वास्थ्यका लागि लाभदायक हुनेमा शंका छैन । तर यसमा अम्लपना उच्च हुने भएकाले यसलाई खाली पेटमा खानु हुँदैन ।
९ सखरखण्ड- यसमा ट्यानिन तथा पेक्टिन नामक पदार्थहरु हुन्छ । त्यसैले खाली पेटमा सखरखण्ड खानाले ग्यास्टि्रक एसिडको समस्या हुन्छ र पेटमा जलन पैदा हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस