ब्युटी टिप्स: रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ : अनुहार भनेको मानिसको ऐना हो । मानिसलाई मानिस जस्तै देखाउनको लागि अनुहारले पनि धेरै मद्धत गर्दछ । किन कि अहिलेको समयको युवायुवतीहरु अनुहार चम्किलो र सुन्दर बनाउनको लागि प्रतिस्पर्धा जतिकै भईहरेको देखिन्छन् । प्राय केटीहरुले बढि मात्रामा सुन्दर्यका साधनहरु प्रयोग गर्ने र अनुहारमा ध्यान दिने गर्छन् । अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन् । तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन् ।
मेकअप गर्नु सबैलाई राम्रो लाग्छ । तर, त्यसको हेरचाह गर्न सकिएन भने परिणाम विपरीत पनि हुन सक्छ । गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडि चाउरिने तथा चमक पनि हराएर जाने सम्भावना बढ्छ ।
कतिपय अवस्थामा गुणस्तरीय ब्रान्डेड प्रोडक्ट प्रयोग भइरहेको छ भनेर हामी ढुक्क हुन्छौँ । तर, त्यसको प्रयोग सही तरिकाले हुन नसक्दा गलत असर परिरहेको हुन्छ । त्यसैले ब्युटी प्रोडक्ट प्रयोग गर्नेले आफ्नो केही बानीमा भने सुधार गर्नु पर्ने हुन्छ ।
– मेकअप गरेको अनुहार सुत्ने वेलामा पखाल्ने
मेकअप गरेको अनुहार सुत्ने वेलामा पखाल्न भुल्नु हुँदैन । दिनभरको जस्तोसुकै व्यस्तता या थकान भए पनि मेकअप सफा नगरी सुत्दा मुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ । जसले गर्दा छालामा समस्या पर्नुका साथै अनुहारको चमक हराउने तथा थकित देखिने हुन्छ । दिन भरि हिँड्दा मेकअपमा लागेका पसिना तथा बाहिरी फोहोरले मुहार बिगार्ने सम्भावना अत्यधिक हुन्छ ।
– डेट एक्सपायर ब्युटी प्रोडक्ट प्रयोग नगर्ने
हरेक प्रकारका ब्युटी प्रोडक्ट प्रयोग गर्ने निश्चित समयावधि हुन्छ । सोही मितिभित्र सो प्रोडक्ट प्रयोग गरिसक्नुपर्छ । अन्यथा, त्यसले खराब परिणाम निम्त्याउँछ । एकपटक खोलेपछि ब्युटी प्रोडक्ट खराब वातावरण तथा केमिकलको सम्पर्कमा आउँछ । जसले गर्दा पुराना ब्युटी प्रोडक्ट प्रयोग गर्दा अनुहार खराब बनाउँछ । त्यसैले हरेक दिन प्रयोग गरिने मस्कारा, गाजल, लिपस्टिक, फाउन्डेसन, कम्प्याक्ट पाउडरलगायतका प्रोडक्ट सामान्यतया ६ महिनाभन्दा बढी प्रयोग गर्नु हुँदैन ।
-मेकअप ब्रसको नियमित सरसफाइ गर्ने
दैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित सरसफाइ गर्नुपर्छ । तपाईंले यो भुल्नु हँुदैन कि मेकअप ब्रस मेकअप ब्याग तथा अन्य विभिन्न स्थानको सम्पर्कमा रहन्छ । जसले गर्दा मेकअप ब्रस फोहोर हुने सम्भावना अत्यधिक रहन्छ । यसको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । यदि ब्रसको सरसफाइमा विशेष ध्यान दिइएन भने अनुहारमा विभिन्न प्रकारका समस्या निम्तिन सक्छ ।
-आफ्नो अनुहार बारम्बार छोइरहनु हुन्न
अधिकांश महिलाले गर्ने अर्को गल्ती भनेको जानेर वा नजानेर पनि आफ्नो अनुहार छोइरहने हो । हरेक समय अनुहारमा हातले छोइरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ । यसले पनि अनुहारको छालाको छिद्र बन्द हुने सम्भावना बढ्छ । जसले गर्दा मुहारमा धेरै प्रकारको समस्या निम्तिन सक्छ ।
– समय समयमा फेसियल तथा क्लिजिंग गर्ने
समय समयमा फेसियल तथा क्लिजिंग गर्नाले अनुहारमा भएको फोहोर मैला सफा हुनको साथै अनुहार चम्किलो हुन्छ साथै चाडै अनुहारको छाला चाउरिपन हुन बाट बच्न सकिन्छ ।
सौन्दर्यबिद संगको सल्लाह, सुझाब तथा अनुहारको छालाको चेकअप गरि कस्टमेटिक सामानहरुको प्रयोगले गर्दा आफ्नो सुन्दरता बढाउन अझ थप मद्धत पुग्नेछ ।
थप जानकारी
(रश्मिला श्रेष्ठ बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत दुइ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-4356385(BG mall) 9841641940 )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस