पाँचथर-विभिन्न निर्माणका आयोजनाहरु निर्धारण गरीएको मिति भन्दा ढिला गरी मात्र सम्पन्न हुन्छन् । झन् सरकारी भवनहरु अवधि भन्दा निकै लामो समय र बारम्बार म्याद थप गर्दा मात्र निर्माण सम्पन्न हुन्छ । तर, पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिकामा एक स्वास्थ्य चौकी निर्धारित समय भन्दा अगाडी नै निर्माण सम्पन्न भएको छ ।
तुम्वेवा वडा नं. ५ को हाङ्गुममा वनेको पक्की स्वास्थ्य चौकी भवन निर्धारित समय भन्दा १ महिना अगावै निर्माण सम्पन्न भएको छ । सम्झौताको मिति भन्दा १ महिना अगावै निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिएको छ । उक्त भवनको सम्झौता अनुसार २०७५ असार २५ गते गरीएको थियो । सम्झौतामा २०७६ जेठ २९ गत सकिनु पर्ने हो ।
तर, उक्त सम्झौता मिति भन्दा एक महिना अगावै बैशाखमै निर्माण कार्य सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना झापाको २ करोड ३१ लाख ९२ हजार ५४७ रुपैँयाको लागतमा भगवती÷एस.ए.एस.जे.भीले सो भवन निर्माण गरेको हो । नव निर्मित भवनको स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा सघन शहरी तथा भवन निर्माण आयोजनाले स्वास्थ्य चौकी लाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।
जिल्लाको दुर्गमा मानिने हाङ्गुममा प्रसुति गृह र स्वास्थ्यकर्मी आवास सहतिको सुविधा सम्पन्न भवन बनेपछि आरुबोटे, मौवा, ओलने, दुर्दिम्बा लगायतका बासिन्दाहरुलाई प्रत्यक्ष लाभान्वित हुने एस.ए.एस.का म्योनेजिङ डाइरेक्टर शैलेन्द्र कुरुम्बाङ्ले बताए ।
स्वास्थ्य चौकी निर्माण भए पश्चात स्थानियलाई टाढा सम्म स्वास्थ्य चौकी धाइरहन नपर्ने भएको वडा नं ५ का अध्यक्ष कुल देव कुरुम्बाङले बताए । गाउँमा स्वास्थ्य चौकी निर्माण भए पश्चात अब जिल्ला जाने समस्याबाट मुक्त भएको आफुहरु खुसि हर्षित भएको स्थानिय फुलकुमार तामाङको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस