काठमाडौं-नसर्ने रोग रोकथाममा योगको प्रभावकारिता बढेसँंगै मानिसहरू योगप्रति आकर्षित हुन थालेका छन् । योगको व्यापकसँगै सरकारले पाठ्क्रममा पनि योग विषय राख्ने तयारी गरेको आजको गोरखापत्र दैनिकले समाचार लेखेको छ |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नसर्ने रोगको जोखिम घटाउन योग अनिवार्य भएको बताए ।
उनले सरकारले योग प्राकृतिक चिकित्सा, आयुर्वेदलाई विशेष महत्व दिएर विद्यालय तहको पाठ्यक्रममा नै योगसम्बन्धी विषय समावेश गर्न लागिएको जानकारी दिए |
यसका लागि पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रम तयार पार्न निर्देशन दिइसकेको उनको भनाइ छ |
योगसम्बन्धी पाठ्यक्रम साउनसम्म पूरा भइसक्ने जानकारी दिँदै उनले भने , ‘सम्भवतः आउँदो शैक्षिक सत्रदेखि योग, आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी अध्ययन हुने छ ।’
उनले विद्यालय पाठ्यक्रम मानिसको जीवनशैली परिवर्तन गर्ने खालको आउने भन्दै विद्यालयस्तरदेखि नै जीवनशैलीबारे ख्याल राख्ने हो भने नसर्ने रोगको जोखिम घटाउन सकिने बताए ।
पछिल्लो समय मानिसको जीवनशैली परिवर्तन हुँदा मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौला रोगजस्ता जटिल रोगले सताउन थालेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस