बर्षा खनाल, काठमाडौँ : चलचित्रका अभिनेत्री तथा मोडलहरु कसरी आकर्षक देखिन्छन् ?उनीहरु के खान्छन्, कसरी खान्छन्, के गर्छन् यावत् कुरामा जनमानसमा चासोको बिषय हुन्छ ।
खासगरी सेलिब्रेटीहरुले आफ्नो सौन्दर्यको बढी नै ख्याल गनुपर्ने हुन्छ । स्क्रिनमा आफ्नो रुपरंग आकर्षक देखाउनका लागि हदै सम्मको मेहनत गर्नुपर्छ । संयमित दिनचर्या, खानपान र व्यायाम जस्ता थुप्रै कुरामा सर्तकता अपनाएर सुुन्दरता बढाउन सकिन्छ ।
किनकी आफूलाई सुन्दर आर्कषक तथा टिपटप राख्नकै लागि अभिनेत्रीलाई मात्र हैन । उनीहरु जस्ता नाम चलेका सेलेव्रिटिज, ब्यबसायिक, राजनीति गर्ने महिलाहरुलाई कयौ जतन गर्नुपर्छ । आफ्नो आनीबानी देखि आफ्नो दैनिक जीवनशैलीसम्मलाई परिवर्तन गर्नुपर्छ ।
तर, कतिपय अवस्थामा सुन्दर देखिन्छु भनेर मात्र पनि हुँदैन । सुन्दर देखिनका लागि अनुहार पनि सुन्दर हुनुपर्छ । सुन्दरतालाई निर्खाने कला पनि हुनुपर्छ । नयाँ नयाँ स्टाइल छान्ने देखि नयाँ नयाँ स्टाइललाई समेत अपनाउनु पर्दछ । तब मात्र एउटा अभिनेत्री तथा मोडेलले आफ्नो लाखौ फ्यानहरुको मनमस्तिष्कमा डेरा जमाउन सक्दछ ।
सुन्दर आकर्षक देखिन सबै चाहन्छन् र यसको लागि अनेक प्रयासहरु पनि गर्छन् । यस्ता प्रयासहरुमा मेकअप मुख्य हो । तर सधै एकै खाले मेकअपले तपाई सुन्दर तथा आकर्षक देखिनु हुन्न । आफ्नो मेकअपको साथसाथ आफनो पहिरन र स्टायलमा पनि परिवर्तन गरी रहनुस् । यसले तपाईको आकर्षामा नयाँपन ल्याउँछ । पुराना कास्मेटिक्सहरु फालेर नयाँ मेकअप किट तयार गर्नुस् । कास्मेटिक एक्सपायर भइसकेका हुन सक्छन् ।
सुन्दर देखिनको लागि अपनाउने केहि बिधि तथा उपायहरु :
१. महिनामा एक पटक फेसियल र स्पा गर्ने गर्नुस् मैनीक्योर पैडीक्योर पनि गराउनुस् ।
२. बेसार कांक्रोको रस, बेसन, दही जस्ता घरेलु उपायहरु पनि गर्ने गर्नुस् ।
३. सुत्नु भन्दा अगाडि मेकअप सफा गर्नु नभुल्नुस् ।
४. गहिरो निन्द्रा लिने गर्नुस् ।
५. सुन्दर र आकर्ष देखिन राम्रो स्वास्थ्य पहिलो शर्त हो त्यसैले सबभन्दा अगाडि ढिलो सुत्ने र ढिलो उठने बानी त्याग्नुस् । चाडै सुत्नुस् चाडै उठ्नुस् र मर्निङवाक गर्नुस् ।
६. विहानको खाजा अवश्य खानस् ।
७. आफ्नो खानामा पिज्जा, बर्गर केक, चिया कफी चकलेट आदि कम गर्नुस् ।
८. पानी, जूस, दुग्ध उत्पादनहरु, हरियो साग इत्यादिको महत्वलाई नभुल्नुस् ।
९. आफू पनि खुशी रहनुस् र अरुलाई पनि खुशी राख्नुस् स्वस्थ जीवनको लागि यो जरुरी छ ।
१०. सुन्दर र आकर्षक देखिन मेकअप र राम्रो स्वास्थ्यका साथ साथै पहिरनको महत्वपूर्ण स्थान हुन्छ । त्यसैले आफ्नो बार्डरोवलाई व्यवस्थित गर्नुस् ।
१२. पहिरनको स्टायलमा पनि केही परिवर्तन गर्नुस् । धेरै जसो हल्का कलरको लुगा लगाउनुहुन्छ भने कहिले कांही गाढा रंग पनि ट्राइ गर्नुस् ।
१३. कहिले कांही फैसन डिजाइनर वा स्टायलिष्टसँग सुझाब लिनु पनि उपयुक्त हुन्छ । ब्राण्डेडको पछाडि कुदनु भन्दा आफूलाई मनपर्ने लुगा खरिद गर्नुस् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस