काठमाडौँ : सबै मानिसलाई राम्रो आकर्षक बन्ने चाहना हुन्छ । बदलिँदो मौसम, गर्मीमा सौन्दर्य कसरि जोगाइ राख्ने भन्ने सबै भन्दा महत्वपुर्ण कुरा हो । जाडो महिना सकिएपछि हावा–हुरीको मौसम सुरु हुन्छ । जाडो महिनामा छालाको स्याहार गर्न हामी जति सचेत हुन्छौं, गर्मी महिनाको सुरुवातसँगै हावा–हुरी चल्ले हुँदा छालाको बढी हेरचाह गर्नुपर्छ । यो मौसममा छाला रुखो वा सुख्खा हुने, फुट्ने, छालाको चमक हराएर फुस्रो देखिने आदि समस्या सिर्जना हुन थाल्छन् । जाडो महिनामा भन्दा हावा–हुरीको मौसममा छालाको स्याहारमा विशेष ध्यान दिनु आवश्यक हुन्छ किनभने हावा–हुरीले छालालाई अप्रत्यक्ष रूपमा असर गर्छ ।
गर्मी मौसमको भएकाले जाडो महिनामा जस्तो छालाको सुरक्षाका लागि पूरै शरीर ढाक्ने कपडा, पन्जा, मोजा, जुत्ता आदि लगाइँदैन जसले गर्दा हावा सीधै छालामा परेर छालाको कोमलता एवं चमक हराउँछ । कोल्ड क्रिम वा मोइस्चराइजर प्रयोग गरे पनि २–३ घन्टामै छाला सुख्खा हुन थाल्छ । त्यसैले मौसम परिवर्तनसँगै केही कुरामा ध्यान पुर्याएर छालाको स्याहार गर्नुपर्छ ।
१. दैनिक छालाको सरसफाइ तथा हेरचाह गर्न नयाँ तालिका बनाउने । राति सुत्नुपूर्व नियमित छालाको प्रकारअनुरूप क्लिन्जरले अनुहार सफा गरी टोनर लगाउने र प्रशस्त नरिसमेन्ट तथा मोस्चराइजरयुक्त क्रिम लगाएर सुत्ने । दिनहुँ बिहान छाला सफा गरी छालाअनुसारको फेसवास वा क्लिन्जरले अनुहार सफा गर्नेबित्तिकै मोइस्चराइजर तथा सनब्लक लोसन प्रयोग गर्नुुपर्छ । प्रत्येक दुुई दिनमा एकपल्ट अनुहारको छालाको मृतकोष हटाउन तथा छालालाई स्वच्छ राख्न स्क्रव गर्नुपर्छ ।
२. मोइस्चराइजर अनुहारका साथै पूरै शरीरमा लगाउनुपर्छ । यसले छाला मुलायम राख्नुका साथै त्यसलाई फाट्नबाट जोगाउँछ ।
३. बाहिर निस्कनुभन्दा आधा घन्टा अघि सनब्लक लगाउनुपर्छ । सनब्लकले घामबाट मात्र होइन हावाबाट पनि छालालाई सुरक्षा प्रदान गर्छ ।
४. हावा–हुरीमा निस्कनुपर्ने छ भने पेट्रोलियम जेली लगाउनुपर्छ । यसले छालाको मोइस्चरभित्रै लक गर्नुका साथै छालालाई हावाको असरबाटसमेत जोगाउँछ । पेट्रोलियम जेलीले हावा–हुरीको मौसममा लामो समय काम गर्छ ।
५. छालाको दैनिक स्याहारसँगै हप्तामा एकपटक विशेष स्याहार अर्थात् विक्ली स्किन केयर गर्नुपर्छ । विक्ली स्किन केयर गर्दा छालाअनुसार क्लिन्जिङ गरिसकेपछि ३ देखि ५ मिनेट स्क्रव गर्नुपर्छ भने आफ्नो छालाअनुसार राम्रो फेसप्याक फ्रुट्स, मुल्तानी माटो, चन्दन आदिको प्याक लगाउन सकिन्छ । थ्रिडी रेडी टुयुजको लाजिन प्याकहरू प्रयोग गर्नु उत्तम हुन्छ । यी प्याक छालाको प्रकृतिअनुसार उपलब्ध हुने हुँदा झन्झटिलो पनि हुँदैन । यसमा प्रशस्त नरिसमेन्ट, कोलाजिन तथा मोइस्चराइजर हुन्छ ।
६. छालाको उचित स्याहारका लागि समस्या भएको छालामा १५ दिनको एकपटक तथा सन्तुलित छालाका लागि महिनामा एकपटक दक्ष ब्युटिसियन वा स्किन थेरापिस्टसँग छालाको प्रकृति तथा आवश्यकताअनुसार फेसियल गराउनुपर्छ ।
७. हावाले छालालाई अप्रत्यक्ष असर गर्ने हुनाले त्यसलाई हावाबाट सुरक्षित राख्नुपर्छ । हावा चलेका बेला सकेसम्म बाहिर नहिँड्ने, बाहिर निस्कनैपरे छालाको सुरक्षाका लागि पातलो कपडाले भए पनि पूरै शरीर छोप्ने र अनुहार पनि कुनै पातलो कपडाले छोपेर हिँड्नु उत्तम हुन्छ । गाडी कुर्ने हो भने डाइरेक्ट हावामा नबसी बस स्टपको सेल्टरमुनि बस्नुपर्छ ।
८. यस्तो मौसममा छालाको उचित स्याहार गरी प्रशस्त मात्रामा पानी पिए छालाको सौन्दर्य कायम राख्न सकिन्छ ।
थप जानकारी :
(रश्मिला श्रेष्ठ नेपालको बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत डेढ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-356385(BG mall) 9841641940 )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस