एजेन्सी । यूएईकी एक महिला २७ वर्षपछि कोमाबाट होसमा आएकी छन् । कार दुर्घटनामा परी सन् १९९१ मा कोमामा गएकी महिला जर्मनीको एक अस्पतालमा गत वर्ष होसमा आएको समाचार अन्तर्राष्ट्रीय समाचार एजेन्सीले जनाएका छन् ।
मुनिरा अब्दुल्ला नाम गरेकी महिला ३२ वर्षको उमेरमा सन् १९९१ मा चार वर्षीय छोरालाई स्कुलबाट लिएर आउँदा उनी चढेको कार एउटा बससँग ठोक्किएर दुर्घटना भएको थियो । साेही दुर्घटनाबाट उनी काेमामा गएकी थिइन् । उनका छोरा छोरा ओमार वेबायरले आमाको स्वास्थ्यस्थितिमा भएको अद्भुत सुधारबारे बताएका छन्।
ओमारले युएईको द न्याश्नल समाचारपत्रिकालाई बताए अनुसार दुर्घटनाको बेला आमा छोरा पछाडिको सीटमा रहेका थिए । दुर्घटना हुनै लाग्दा उनकी आमाले ओमारलाई बचाउन अँगाालो हालेकी थिइन् ।
ओमारले लामो समयको उपचारपछि आमाको होस आएको कुरा बताउँदै मानिसहरूले आफ्ना प्रियजनप्रति रहेको आशा नगुमाऊन् भनेर आमाको कथा अहिले अरूलाई भनेको बताएका छन्। उनले विषम परिस्थितीमा हुँदा तिनलाई मृत नठान्नुहोस् भनेका छन् ।
उनलाई उपचारका लागि लण्डन लगिएको थियो । त्यसपछि उनलाई युएईमै ल्याइएको थियो । सन् २०१७ आबु धाबीस्थित एक सरकारी निकायको आर्थिक सहयोगमा उनलाई उपचारका जर्मनी लगिएको थियो ।
एक दिन अस्पतालमा ओमार र डाक्टरहरुबीच विवाद हुँदा उनी आवशेमा आएको र त्यो बेला उनको मुखबाट आवाज निश्केको थियो । त्यसको ३ दिनपछि उनी बोल्न सक्ने भएकी थिइन् । हाल उनी आबु धाबी फर्किएकी छन्। उनलाई फिजियोथेरपी र पुनर्स्थापनाका लागि अरू विधि गराइँदैछ।
मस्तिष्कको चाेटका कारण कोमामा गएका मानिसहरुको स्वास्थ्य अवस्थाका बारे केही थाहा नहुने विशेषज्ञहरु बताउछन् । यो एक दुर्लभ घटना हो । कोमामा जानु भनेको निदाउनुजस्तै हो भन्ने मानिन्छ । कोमाबाट बाहिर निस्कने मानिसमा अक्षमता बढ्दै जान्छ र उनीहरूलाई पुनर्स्थापना केन्द्रको समेत आवश्यकता पर्न सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस