काठमाडौं : काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको समुद्घाटन बरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् ।
उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बस नारायण मर्हजनले दीप प्रज्वलन गरि सम्पुर्ण कानुनी प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बोल्ने क्रममा बरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा समाबेस गरी सञ्चालनमा आएकोले छिटै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु सञ्चालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अबस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले बताइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस