काठमाडौं । सरकारी चिकित्सकको आन्दोलनका कारण मुलुकभरका सरकारी अस्पतालको सेवा आज पनि प्रभावित भएको छ । गएको शुक्रबारदेखि सेवा बहिस्कार गरी अनिश्चितकालिन आन्दोलन थालेका सरकारी चिकित्सकहरुका कारण बिरामी मर्कामा परेका छन् । संघीय सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सक संघ (गोदान)ले गरेको आह्वानअनुसार चिकित्सकहरुले सेवा बहिस्कार गर्दै आएका छन् ।
सरकारी चिकित्सकको आन्दोलनका कारण ७७ जिल्लाका जिल्ला अस्पताल, १० अञ्चल अस्पताल, ४ वटा क्षेत्रीय र उपक्षेत्रीय तथा ५ वटा केन्द्रीय अस्पतालको सेवा प्रभावित बनेको छ । देशभर झन्डै १ हजार ४ सय सरकारी चिकित्सक छन् ।
चिकित्सकले माग सम्बोधनका लागि सरकारले पहल नगरेको भन्दै आन्दोलनका थप कार्यक्रम ल्याउने चेतावनी पनि दिएका छन् । काम नै बहिस्कार गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि मुलुकभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ भने हजारौं बिरामी मर्कामा परेका छन् । सरकारी चिकित्सकले आफूहरुका माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस