ब्युटी टिप्स रश्मिलाज फेसियल हाउस एण्ड व्यूटि केयर, काठमाण्डौ मल एण्ड बिजी मल – चर्को घाम एवं तातो हावाका साथ धूलो उड्ने भएकाले त्यसको सीधा असर हाम्रो अनुहार तथा सौन्दर्यमा पर्छ । त्यसैले यो समयमा सौन्दर्य कायम राख्न विशेष ध्यान दिनुपर्ने हुन्छ । चर्को घाम सीधै अनुहारमा पर्यो भने चायाँ आउने, छाला कालो हुने एवं चमक हराउने हुन्छ । त्यसका साथै पसिना बढी आउने भएकाले साधारण तथा अन्य किसिमका मेकअपहरू पखालिने, लतपतिने वा पुछिने पनि हुन्छ । त्यसकारण गर्मीमा वाटरप्रुफ मेकअप गर्नु नै उचित हुन्छ । यो मेकअप गर्न सर्वप्रथम हामीले आफ्नो छालाको किसिम अनुरूप हल्का कस्मेटिक छान्नुपर्छ । अनुहार चिल्लो, संवेदनशील वा डन्डिफोरयुक्त छ भने निम वा चियाको बोटकोे फेसवासले राम्रोसँग अनुहार धोएर नरम टाबेलले पुछी टोनरले निधारदेखि घाँटीसम्म पुछ्नुपर्छ । अनुहारमा चायाँ वा डन्डिफोरका दागहरू छन् भने स्किन कलरको कन्सिलर पेनिस्टिकले छोपिदिएर स्किन कलरको फाउन्डेसनमा अलिकति सफा पानी मिसाएर पूरै अनुहार र घाँटी-कानसम्म मिलाएर लगाउन सकिन्छ । छाला सुख्खा वा साधारण किसिमको छ भने फाउन्डेसन लगाउँदा त्यसमा पानीको साटो थोरै क्रिम मिसाउनुपर्छ र त्यसमाथि राम्रो गुणस्तरको लुज पाउडर लगाउनुपर्छ । लुज पाउडर आँखाको वरिपरिको भागमा अलि बाक्लो गरी लगाउनुपर्छ । यसो गर्दा आँखामुनिको दाग -डार्क सर्कल) छोपिनुका साथै गाजल बग्ने समस्या हुँदैन । आँखाको मेकअप गर्दा आफ्नो पहिरनको रंगअनुसारको आइस्याडो लगाउनुपर्छ । आइलाइनर प्रयोग गर्दा युवतीहरूले रेड्रो लुक अर्थात् कोष तानेर मोटो लाइनर लगाउनुपर्छ भने महिलाहरूले सानो लाइनर मात्र तान्नुपर्छ । आँखाको सेप सानो छ भने साइड कुनामा मोटो गाजल लगाएर मात्र मस्कारा लगाउन सकिन्छ । आँखाको मेकअप सकेपछि ओठका लागि पनि राम्रो खालको वाटरप्रुफ लिपिस्टिक वा लिपग्लस लगाउनुपर्छ । साडी लगाइएको छ भने आफूलाई सुहाउने कलरको लिपिस्टिक लगाउने र सलवार, कुर्ता वा अन्य कुनै पहिरन लगाइएको छ भने लिपग्लस लगाउनु राम्रो हुन्छ । यसरी सम्पूर्ण मेकअप गरिसकेपछि अन्त्यमा गोल्डेन वा पिंक कलरको ग्लो तथा रोज लगाउनुपर्छ ।
थप जानकारी :
(रश्मिला श्रेष्ठ नेपालको बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत डेढ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-356385(BG mall) 9841641940 )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस