ब्युटी टिप्स रश्मिलाज फेसियल हाउस एण्ड व्यूटि केयर, काठमाण्डौ मल काठमाडौँ : विशेषगरी गर्मीको मौसम पसिनाले गर्दा तपाईले जति मेकअप गरे पनि त्यसको खासै उपयोगिता हुदैन । त्यसैलाई मध्यनजर गरी मेकअप गर्नुपर्ने हुन्छ । यसका लागि म्याट प्रयोग गर्नुपर्छ । सामान्यत आइलाइनर, गाजल, सनक्रिम, फाउन्डेसन तथा लिपिस्टिक प्रयोग गर्नुपर्छ । त्यसैले यतिबेला तल उल्लेख गरिएका कुरामा मात्र विशेष ध्यान पुर्याउन सके तपाईको सौन्दर्यमा निखार आउछ ।
यस मौसममा भएसम्म सन्सक्रिम तथा फाउन्डेसनको प्रयोग राम्रो मानिन्छ । त्यस्तै नचम्किने तथा नलत्पतिने खालको मेकअप गर्ने । यसले मेकअपलाई टिकाइराख्नुका साथै लत्पतिन दिदैन । त्यसैगरी चम्किलो देखिने आइस्याडोको प्रयोग गर्नाले अनुहार घाममा टल्कने गर्छ । जसले अनुहारलाई भद्दा देखाउछ । सकेसम्म लिपिस्टिक पनि नबग्ने खालको तथा गाढा कलरको प्रयोग नगरेकै राम्रो हुन्छ ।
यसबेला पानी पर्ने सिजन भएकोले ‘वाटरप्रुफ’ आइलाइनर तथा मस्काराको प्रयोग उचित हुन्छ । आइलाइनरको प्रयोग गर्दा भएसम्म पातलो लाइनर लगाउने । सकेसम्म गाजलको प्रयोग गर्ने । पसिना तथा पानीका कारण यतिबेला गाजल बग्ने तथा पुछिने डर हुन्छ ।
गर्मीमा छाला रुखो देखिन्छ, त्यसैले नियमित क्लिन्जिङ गर्नुपर्छ । डन्डिफोर छ भने बेस प्रयोग गर्नुपर्छ । नियमित योगा गर्नु पनि राम्रो हुन्छ साथै एसपीएफ प्रयोग गर्न बिर्सनु हुँदैन । सौन्दर्य सामग्री तेलरहित हुनुपर्छ ।
यसका साथै पानी प्रशस्त पिउनुपर्छ । रसयुक्त खानेकुरा अर्थात् तरबुजा, आँप, उखुजस्ता रसिला फलफूलमा जोड दिनुपर्छ ।
थप जानकारी :
(रश्मिला श्रेष्ठ नेपालको बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत डेढ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-356385(BG mall) 9841641940 )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस