काठमाडौं : ६ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार राजधानीमा दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न भएको छ । परिवार नियोजन सेवाको पहूँच बाहिर रहेकाहरुलाई सेवाको पहूँच भित्र ल्याउन आवश्यक रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत परिवार कल्याण महासाखाले सम्मेलन आयोजना गरेको हो ।
सम्मेलन समापनका अवसरमा परिवार कल्याण महासाखाका निर्देशक डा. रामपदारथ बिच्छाले ६ बुँदे राष्ट्रिय परिवार योजना राष्ट्रिय सम्मेलन, २०७५ घोषणापत्र पढेर सुनाएका थिए । घोषणापत्रमा परिवार नियोजनको सेवाको पहूँच बाहिर रहेका समुदाय र भौगोलिक क्षेत्र पहिचान गरि नक्सांकन गरि लक्षित समूहका लागि सेवा बिस्तार गर्ने, एफपी २०२० को संकल्प अनुसार परिवार नियोजन सेवाको बजेट बढाउने, संघिय र स्थानिय तहमा परिवार नियोजनका सेवा पुनसंरचना गर्ने, विद्यालयको पाठ्यक्रममा अनिवार्य रुपमा वृहत्तर यौनिकता शिक्षा समावेश गर्ने, स्कुलहरुमा स्टाप नर्स मार्फत प्रजनन् स्वास्थ्य सेवा सुरु गर्ने र निजी संस्थाहरुको सहकार्यमा सेवा विस्तार गर्ने गरी ६ वटा बाचा गरिएको छ । निर्देशक डा. बिच्छाले सम्मेलन सोचे भन्दा सफल भएको दावी गर्दै सम्मेलनले नयाँ दिशा निर्देश दिएको बताए ।
समापन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्र घिमिरेले अहिले संघियताको नयाँ अनुभव गर्दे अगाडि बढ्दै गर्नु परेकाले परिवार नियोजन सेवामा केही समस्या विद्यमान रहेको स्विकार्दै सम्मेलनले यस क्षेत्रका समस्या पहिचान गरि अगाडि बढ्न मार्गप्रसस्त गरेको बताए । कार्यक्रममा यूएनएफपीएकी नेपाल प्रतिनिधि लुब्ना बाकीले नेपालको संसदले केही समय पहिले मात्र प्रजनन् स्वास्थ्य ऐन पास गरेर यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा राम्रो काम गरेकोमा खुशी व्यक्त गर्दै अब यसको सफल कार्यन्वयनमा लाग्नु पर्ने बेला आइसकेको बताइन । कार्यक्रममा यूएसएआईडीका नेत्र भट्ट, डिएफएआईडीका दीपक कार्की, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. गुणराज लोहनी लगायतले सरकार र गैरसरकारी संस्थाहरुबिचको सहकार्यले परिवार नियोजनको सेवामा सहज पहूँच पुग्नेमा जोड दिए ।
यूएनएफपीए र आड्रा नेपालको मुख्य सहयोग र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत २० भन्दा बढी गैरसरकारी संस्थाको सहयोगमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा भाग लिन यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी साडे ३ सयभन्दा बढी सहभागी थिए ।
पहुँचबाहिर परेकाहरुलाई समेट्ने’ उद्देश्यले सोमबार र मंगलबार दुई दिनसम्म सम्मेलनको आयोजना गरिएको थियो। चार सयभ भन्दा बढी सहभागि रहेको उक्त सम्मेलनमा २४ वटा पेपर प्रस्तुत भएको थियो। यस्तै २८ वटा पोस्टर प्रस्तुति समेत भएको थियो।
परिवार कल्याण महाशाखाले आयोजना गरेको सम्मेलनले ६ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस