काठमाडौँ : मेकअप ठूलो कला हो । मेकअपले त्यसबेला मात्र सौन्दर्यमा निखार ल्याउँछ, जब त्यसको सहि विधी थाहा हुन्छ ।
अतः हरेक समयमा सुन्दर देखिनका लागि यहाँ मेकअप टिप्स दिइएको छ ।
१. मेकअप गर्नुअघि अनुहारलाई मनतातो पानीले धुनुपर्छ, त्यसपछि आयल फ्री मोश्चराइजरले मसाज गरेर मेकअप सुरु गर्नुपर्छ ।
२. मेकअप गर्नुअघि आफ्नो स्किनमा ५-१० मिनेटसम्म बरफले रगड्नुपर्छ, त्यसपछि गरेको मेकअप लामो समय टिक्छ ।
३. लिपिस्टकको लागि लिप ब्रसको प्रयोग गरौ, यसले लिपस्टिक पुरै ओंठमा समान रुपले अप्लाई हुन्छ र लामो समय टिक्छ ।
४. यदि आइब्रोको रौंमा थोरै साइनिङ ल्याउन चाहनुहुन्छ भने आइब्रोमा थोरै क्रिम लगाउनुहोस् ।
५. यदि आँखाको तल डार्क सर्कल छ भने लाइट शेडको फाउन्डेशन क्रिम लगाउनुहोस् ।
६. यदि ओंठ एकसमान छैन, एउटा पातलो र अर्को मोटो छ भने पातलो ओंठलाई मोटो लुक दिनुपर्छ । यसका लागि पातलो ओंठलाई नेचुरल लिपलाइनरले थोरै माथि आउटलाइन गरेर मोटो ओंठसँग सन्तुलन मिलाउनुपर्छ ।
७. अनुहार अनुरुप लिलाइन सानो छ भने लिपलाइन थोरै बाहिर आउटलाइन गर्ने ।
८. ठूलो नाख छ भने नाखको तल वा टिपमा डार्क ब्राउन शेडले कन्टोरिंग गर्नुपर्छ ।
९. नाखलाई चौडा लुक दिनका लागि चौडा हाइलाइट तल सेन्टरसम्म लगाउने वा ब्लेन्ड गर्ने । यदि नाखलाई पातलो लुक दिने हो भने त्यसको विपरित गर्ने ।
१०. लिपस्टिक लगाउनुअघि तल्लो ओंठमा फाउन्डेशन वा न्यूड ग्लास लगाउने, यसले ओंठ सुन्दर देखिन्छ ।
११. ओंठको आकार ठूलो देखाउनका लागि ब्राइट कलरको लिपस्टिक लगाउने, त्यसलाई सानो देखाउनका लागि डार्क कलरको लिपस्टिक लगाउने ।
१२. आँखा वा ओंठमध्ये एकलाई हाइलाइट गर्ने । यदि आइ मेकअप हेभी गर्दै हुनुहुन्छ भने ओंठलाई न्यूड लुक दिने । केवल लिप ग्लास लगाउनुहोस् ।
१३. सुन्दर ग्लो चाहनुहुन्छ भने आफ्नो मोश्चराइजरमा लिक्विड हाइलाइटर वा थोरै गोल्ड शिमर मिलाएर लगाउने ।
१४. यदि आँखाका सानो छ भने त्यसको माथिल्लो लिडमा आइलाइनर वा आइ पेन्सिलले आँखाको बाहिरी कर्नरसम्म लगाउने ।
१५. मेकअप गर्नुअघि छालालाई मोश्चराइजर र ओंठमा लिप बामले कन्डिसन गर्ने ।
थप जानकारी :
(रश्मिला श्रेष्ठ नेपालको बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत डेढ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-356385(BG mall) 9841641940 )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस