काठमाडौँ – सत्य साई सेवा संगठन नेपालले भरतपुर सरकारी अस्पताललाई जल मन्दिर हस्तान्तरण गरेको छ । अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बिच जल मन्दिर हस्तान्तरण गरिएको हो । जल मन्दिरमा सनातनिय परम्परा अनुसार शिव लिगं र शुद्द पिउने पानीको लागि पञ्चधारा निर्माण गरिएको छ । यस्तै संगठनले श्री सत्य साई बाटिका र सत्य साई प्रतिक्षालय पनि हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रम प्रदेश सभा सांसद बिजय सुबेदीको प्रमुख आतित्यथामा सम्पन्न भएको हो ।
कार्यक्रममा भरतपुर सरकारी अस्पतालका मेसु डा कृष्ण पौडेल र भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्र मणी काफ्ले बिशिष्ठ अतिथी रहनु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथी सांसद सुबेदी र संगठनका केन्द्रिय सदस्य रुपा सेढाईको उपस्थितीमा संगठनका परियोजनाकार एवं संयोजक मनिष सापकोटाले अस्पतालका मेसु डा पौडेललाई जल मन्दिरको चाबी हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद सुबेदी संगठनले सामाजिक भावनाले गरेको कामको प्रसंशा गरे । सुबेदीले सबै धर्मलाई जोड्ने मन्दिर बनाएकोमा संगठनलाई धन्यवाद समेत दिए । उनले यो सेवाको मन्दिर भएको बताउदै सबै ठाउँमा यस्तो मन्दिर स्थापना गर्नु पर्ने जरुरी रहेको बताए ।
अस्पतालका मेसु डा पौडेलले संगठनको कामको प्रसंशा गर्दै यसले अस्पातललाई नयाँ रुप दिएको बताए । यस्तै उनले संगठनले बनाएको जल मन्दिर, बाटिका र प्रतिक्षालयको संरक्षण अस्पतालले गर्ने प्रतिबद्दता गरेका छन् ।
वडा ७ का अध्यक्ष काफ्लेले संस्थाले अत्यन्तै इमान्दारिताको साथ कार्य सम्पन्न गरेको भन्दै आभर प्रकट गरेका छन् । काफ्लेले मानव सेवा नै मानव सेवा हुने भन्दै आगामी दिनमा पनि यस्तै सेवाको कार्य गर्न संगठनलाई शुभकामना दिएका छन् ।
संगठनका मेडिकल निर्देशक लोक बहादुर सेढाईले पानीको कारण धेरै रोग निम्तिने गरेको बताएका छन् । उनले संगठनको यो कार्यले अब हस्पिटलमा आउने बिरामी र अन्य ब्यक्तीहरुले शुद्द पिउने पानी प्राप्त गर्ने बताएका छन् । यस्तै उनले यस्ता मानवहितको कार्यका लागि संगठन सधैं तत्पर रहन बताएका छन् ।
संगठनका परियोजनाकार एवं संयोजक मनिष सापकोटाले काठमाडौं पछीको बिरामीहरुको चाप धेरै हुने अस्पतालमा शुद्द पिउने पानीको अभाव रहेकोले जल मन्दिर निर्माण गरिएको बताएका छन् । उनले अस्पतालमा निम्न आय स्तर भएका बिरामीहरु जाने र उनीहरुले शुद्द पिउने पानी सहजै नपाउदा उनिहरुको स्वास्थ्यमा झनै समस्या आउने गरको बताए । ‘देशका बिभिन्न स्थानबाट निम्न आय स्तर भएका बिरामीहरु आउनु हुन्छ । कतिपय सँग त पानी किनेर खाने क्षेमता समेत हुँदैन । पानी किने औषधी किन्न समस्या, औषधी किने पानी किन्न समस्या हुन्छ । त्यसैले सबैले सहज रुपमा शुद्द पानी पिउन पाउन भनेर नै जल मन्दिर स्थापना गरिएको हो – सापकोटाले भने ।’ सापकोटाले आफु अस्पताल पुग्दा यो सब समस्या देखेको र त्यस बेला नै जल मन्दिर निर्माण गर्ने योजना बनाएको सुनाए ।
उनले मन्दिर आँफैमा शुद्द ठाउँ हुने र पानी शुद्द तरिकाले राख्न जल मन्दिरको परिकल्पना गरी निर्माण गरिएको बताएका छन् । उनले जल मन्दिरमा ५ वटा धारा रहेको जनाकारी दिएका छन् । पाँचै वटा धारालाई नामाकरण गरिएको छ। पञ्चधारालाई सत्य, धर्म, शान्ती, प्रेम र अहिसां नाम दिईएको छ । यो पाँच नामले सबै धर्म एकै हो भन्ने सामाजिक चेतना जगाउने समेत विश्वास ब्यक्त गरेका छन् ।
उनले अहिले सम्म कही पनि यसरी जल मन्दिर निर्माण नभएको बताउदै महाकवी लक्ष्मी प्रसाद देवकोटाको कबिता कुन मन्दिरमा जान्छौ यात्राी ‘कुन मन्दिरमा जाने हो ’ अब ‘जल मन्दिरमा जाउ यात्राी यात्रा जल मन्दिरमा जाने हो’ भएको बताएका छन् । यस्तै उनले बाटिका र प्रतिक्षालयको अस्पताल र संस्थाले नियमित रुपमा रेख देख गर्ने समेत बताएका छन् ।
संगठनकी सदस्य एवं समाजसेवी ममता शर्मा न्यौपानेले यस्ता सेवाको कार्य सधैं संस्थाको प्राथमिकतामा रहने बताएकी छिन् । यस्तै उनिले शिक्षा, स्वास्थ्य र शुद्द पिउने पानीका लागि संस्था सधैं अग्रसर रहने बताईन् । जल मन्दिर, बाटिका र प्रतिक्षालय लगायतको परियोजनाका १० लाखको लागतमा निर्माण भएको निर्माण समिती संयोजक सञ्जय बरालले जनाकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस