काठमाडौं – कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ । कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो । आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ । चुरोट तथा मदिराजन्य पदार्थको सेवन पनि कलेजो बिग्रने अर्को कारण बन्ने गरेको छ । एकपटक कलेजो बिग्रिएपछि त्यसले निकै समस्या पार्छ । आखिर कलेजो स्वस्थ राख्ने उपाय के हुन् त ?
जैतूनको तेल
जैतूनको तेल कलेजोको स्वास्थ्यका लागि राम्रो विकल्प हो । बिहानको खाजा या कुनै पनि तरिकाले जैतूनको सेवन गर्नाले फाइदा पुग्छ । जैतूनको तेल पाइदैंन भने चुरोट, मदिरा तथा सूर्तिजन्य पदार्थबाट टाढै रहनु अत्यन्त आवश्यक हुन्छ ।
बेसार
बेसारको नियमित सेवनले कलेजोको समस्या हट्छ । बेसारमा एन्टीसेप्टिक गुण हुन्छ भने एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो । हेपाटाइटिस बी र सीबाट निर्माण हुने भाइरस बढ््नबाट पनि यसले रोक्छ । दूधमा बेसार मिसाएर पिउनाले कलेजोलाई फाइदा पुग्छ ।
अमला
अमला भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यो आँखा, कपाल तथा छालाका लागि फाइदाजनक छ भने कलेजोको स्वास्थ्यका लागि पनि राम्रो हो । अध्ययनहरुबाट अमलामा कलेजो सुरक्षित राख्ने सबै तत्व रहेको पाइएको छ ।
ग्रीन टी
यदि कलेजो स्वस्थ राख्न चाहनुहुन्छ भने दूध चियाकोसाटो ग्रीन टी सेवन गर्न सुरु गर्नुस् । ग्रीन टीमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ, जसले सबै खालका विषाक्त पदार्थलाई नष्ट गर्छ । बिहान उठ्नेबित्तिकै १ कप ग्रिनटी पिउनु हितकर हुन्छ ।
करेला
स्वादका हिसाबले करेला तितो भएपनि कलेजोका लागि वरदान नै मानिन्छ । दिनहुँ १ ग्लास करेलाको जुस पिउनाले कलेजो स्वस्थ हुन्छ । साथै यसले फ्याटी लिभरको समस्या पनि हटाउँछ ।
गोलभेंडा
यदि फ्याटी लिभरको समस्या छ भने काँचो गोलभेंडा फाइदाजनक मानिन्छ । यसैले उपलब्ध भएसम्म उपयुक्त मात्रामा काँचो गोलभेंडा नियमित रुपमा सेवन गर्नु राम्रो मानिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस