डा.शिल्पिका शानथप्पा, फिजिसियन
गर्भावस्थामा सम्भोग गर्न हुँदैन भन्ने मान्यता प्रचलित छ । तर, यो सत्य होइन । यस्तो अवस्थामा शरीरमा थकाइ हुन सक्छ । जसले पार्टनरसँग नजिक हुन झन्झट पनि लाग्न सक्छ । तर, दोस्रो ट्राइमेस्टर अर्थात् तीनदेखि ६ महिनाको दौरानमा बान्ता हुन बन्द हुन्छ । त्यसपछि हल्का महसुस पनि हुन थाल्छ । त्यतिवेला तपाईंलाई सम्भोगको चाहना आउन सक्छ । डाक्टर शिल्पिता शानथप्पाले गर्भावस्थामा गर्ने सेक्स र त्यसको परिणामबारे बताएकी छिन् :
ल धेरै मानिसले भन्ने गर्छन् कि गर्भावस्थामा शारीरिक सम्पर्क राख्दा भ्रुणलाई समस्या पर्छ । तर, यस्तो सोच गलत हो । गर्भवती भएका वेला स्ट्रेच भएर भेजाइनाको आकार अलिकति बढ्ने गर्छ । जसका कारण गर्भाशयको बाहिरी भागमा म्युकस लेयर जम्मा हुन्छ । यसले गर्दा गर्भवती आमाले सम्भोग गर्दा पनि बच्चालाई भने युट्रसमा सुरक्षित राख्ने काम गर्छ ।
त्यस्तै, अर्को मान्यता छ कि यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा आमामा लेबर पेन बढ्न थाल्छ । तर, यो पनि पूर्ण सत्य होइन । यस्तो वेला सिमनमा केही मात्रामा प्रोस्टाग्लिडिन जम्मा हुन्छ ।
फाइदा
० गर्भावस्थामा शारीरिक सम्पर्क राख्दा पेल्भक मसल्स बलियो बन्छ ।
० यस्तो अवस्थामा गरेको शारीरिक सम्पर्कले रक्तसञ्चारलाई पनि सन्तुलित गर्ने काम गर्छ ।
० आरामदायी निद्रा लाग्छ ।
० यसले दुईबीचको प्रेम र आत्मीयतालाई थप बढोत्तरी गर्ने काम गर्छ ।
जसले गर्दा गर्भवतीलाई दुखाइचाहिँ हुन सक्छ । बच्चा जन्माउने समय पनि सिन्थेटिक प्रोस्टाग्लिडिन सञ्चित नै हुन्छ जसले बच्चालाई बाहिर निकाल्न दबाब सिर्जना गर्छ । तर, सम्भोगकै कारण लबर पेन हुनेचाहिँ सत्य होइन ।
शारीरिक सम्पर्कपछि गर्भवती आमालाई ब्लिडिङ हुन्छ भन्ने पनि आममान्यता छ । कतिपयले यस्तो वेला सम्भोग गर्दा बच्चा नै खेर जानेसम्म बताउँछन् । यस्तो अवस्थामा गर्भाशय सेन्सिटिभ हुने भएकाले शारीरिक सम्पर्कका वेला थोरै ब्लडचाहिँ देखिन सक्छ ।
जुन सामान्य हो । बढी नै ब्लिडिङ भएमा चिकित्सककहाँ जानुपर्ने हुन्छ । तर, शारीरिक सम्पर्ककै कारण यसरी ब्लिडिङ हुनेचाहिँ होइन ।
ल यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा भेजाइन इन्फेक्सन हुन्छ भनेर धेरै महिला त्रसित हुने गर्छन् । यदि तपाईंको पार्टनरमा यौनरोग (सेक्सुअल टान्समिटेड डिजिज) छैन भने यसबारे कुनै चिन्ता लिनुपर्दैन । तर, भेजाइनालाई सफा राख्न भने जरुरी छ ।
नयाँ पत्रिकाबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस