काठमाडौं – मोबाइल मानिसहरुको अभिन्न अंगको रुपमा विकास भइसकेको छ । यस्तो अवस्थामा यसलाई जीवनबाट अलग्गाउनु निकै कठिन छ । यति हुँदा हुँदै पनि यसको प्रयोग आवश्यकताभन्दा बढि बिढि गरियो भने यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । यस विषयमा विभिन्न अनुसन्धान पनि भइसकेको छ । यहि अनुसन्धानलाई आधार बनाएर राती मोबाइल प्रयोग गर्नुका साइड इफेक्टबारे जानकारी दिँदै छौं ।
निन्द्रामा कमीः
राती सुत्नुभन्दा पहिले मोबाइलको प्रयोग गर्दा शरिरमा मेलाटोनिन हर्मोनको स्तर कम हुन थाल्छ जसका कारण निकै ढिला निन्द्रा लाग्ने समस्या हुनसक्छ । (हार्वर्ड युनिभर्सिटीको अनुसन्धान)
आँखाको ज्योतीमा कमीः
राती सुत्नुभन्दा अघि मोबाइल प्रयोग गर्दा आँखाको रेटिनामा नकारात्मक असर पर्ने गर्दछ । यसले आँखाको ज्योती कमजोर हुने गर्दछ । (स्रोतः अमेरिकन मस्कुलर डिजनरेशन फाउन्डेशन)
तनाव बढ्छः
अबेर राती मोबाइलको प्रयोग गर्दा मेलाटोनिक हर्मोनको स्तर कम हुन्छ । यसले तनाव बढ्ने गर्दछ । (युनिभर्सिटी अफ वरसेन्टर, बेलायतको अनुसन्धान)
दिमागमा असरः
अबेर राती मोबाइल प्रयोग गर्दा ब्रेन ट्युमरको खतरा निम्तिने गर्दछ । यसले स्मरण शक्ति कमजोर हुनसक्छ । (स्रोतः ब्रोर्डेक्स युनिभर्सिटी, फ्रान्सको अनुसन्धान)
थकानः
राती धेरै बेरसम्म मोबाइल प्रयोग गर्दा निन्द्रा पूरा हुन पाउँदैन । यसले गर्दा दिनभरी थकानको महसुस हुने गर्दछ ।
ग्लूकोमाः
अबेर रातीसम्म मोबाइल प्रयोग गर्दा दिमागसम्म सिग्नल पुर्याउने अप्टिक तन्त्रिकामाथि नराम्रो असर पर्ने गर्दछ । यसले ग्लूकोमाको समस्या हुनसक्छ ।
फोकसिङ मसल्समा असरः
राती लामो समयसम्म मोबाइल प्रयोग गर्दा आँखाको फोकसिङ मसल्समाथि नराम्रो असर पर्ने गर्दछ । यसले कुनै पनि कुरामा फोकस गर्न समस्या हुनसक्छ ।
आँखा रातो हुने समस्याः
राती धेरैसम्म मोबाइल वा ट्याब्लेट प्रयोग गर्दा यसको प्रकाशले आँखालाई रातो बनाउने समस्या पैदा गर्नसक्छ ।
डार्क सर्कलः
अबेर रातीसम्म मोबाइल प्रयोग गर्दा आँखामा दबाब पर्ने गर्दछ । यसले डार्क सर्कलको समस्या निम्तिने गर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस