काठमाडौं – अक्सर महिलाहरु यौन सम्बन्धका लागि अग्रसर हुँदैनन् । के देखिन्छ भने, केवल आफ्ना पति एवं पार्टनरलाई सन्तुष्ट र खुसी तुल्याउन मात्र उनीहरु यौन सम्बन्ध राख्छन् । महिलाको यही प्रवृत्तिले गर्दा कति पुरुषले उनीहरुमाथि शंकाको दृष्टिले समेत हेर्ने गर्छन् । यौन जीवनमा साथ नदिएकै कारण कतिले पत्नीमाथि दोष थोपर्छन् ।
यस्तो छ कारण
हर्मोनल परिवर्तन – महिलाहरु किन यौनमा त्यती सक्रिय हुँदैनन्, जति पुरुष हुन्छन् ? यसमा केही शारीरिक र मानसिक कारण जोडिएका छन् । अध्ययनहरुमा के देखिएको छ भने महिलाहरुको हर्मोनल परिवर्तनले उनीहरुमा यौन इच्छा घट्न सक्छ ।
गर्भनिरोधक औषधीको सेवन- महिलाहरुले प्रयोग गर्ने गर्भनिरोधक औषधीले उनीहरुको हर्मोनमा परिवर्तन गर्छ । यसले पनि महिलाहरुमा यौनप्रति रुची घटाउँछ ।
रोगको संक्रमण- त्यस्तै पाटेघरको संक्रमणको संभावना पनि महिलालाई धेरै हुने गर्छ । यस्तो अवस्थामा उनीहरुका निम्ति यौन सम्पर्क पीडादायी बन्छ । यौन वा पिसावसम्बन्धी संक्रमणले समेत महिलालाई यौनमा अरुची जगाउँछ । त्यसबाहेक महिलाहरु बढी नै कामको तनावमा हुन्छन् ।
मानसिक तनाव- भान्सा सम्हाल्नुपर्ने, छोराछोरीलाई ख्वाउनु, खेलाउनु पर्ने, सासु ससुरा स्यहार्नुपर्ने जस्ता कारणले उनीहरुको दैनिकी बोझिलो बन्छ । यसले उनीहरुमा शारीरिक तथा मानसिक थकान हुने गर्छ, फलत यौनमा सक्रिय हुन जाँगर चल्दैन |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस