काठमाडौं – पुरुषहरुको लागि खुसीको खबर। अनिच्छित गर्भाधारण नियन्त्रणको लागि कण्डम वा भ्यासेक्टोमीको आवश्यकता नपर्ने भएको छ। वैज्ञानिकहरुले एउटा सुई पत्ता लगाएका छन्। एक चोटी यो सुई लगाएपछि लामो समयसम्म अनिच्छित गर्भधारणबाट जोगिनसक्छ।
अहिले अनिच्छित गर्भधारणबाट जोगिने दिर्घकालीन उपाय महिलाले बढी प्रयोग गरिरहेका छन्। पिल्स खाने, कपर-टी, नरप्लान्ट, मिनिल्यापजस्ता विधि अपनाउँछन् महिलाहरु। पिल्स, ट्याब्लेट आदि अस्थायी रुपमा खाइरहेका छन्। पुरुषले कि त कण्डम लगाउनुपर्छ कि भ्यासेक्टोमी।
कण्डमको प्रयोग केही सहज भएपनि भ्यासेक्टोमीलाई धेरै पुरुष अपनाउन चाहँदैनन्। भ्यासेक्टोमी गरिसकेपछि पुनः शुक्रकिट उत्पादन तथा गर्भाधारण प्रक्रिया सञ्चालन गर्न निकै झण्झटिलो मान्छन्।
वैज्ञानिकहरुले दुई वर्ष लगाएर बाँदरमा गरेको परीक्षणपछि लक्षित नतिजा हासिल भएको छ। ‘यो सुई लगाएपछि स्पर्म ब्लक हुन्छ, गर्भाधारण रोक्न सकिन्छ’ वैज्ञानिकहरुले भनेका छन्, ‘यसको साइड इफेक्ट देखिएको छैन। सुरक्षित र भरपर्दो छ।’ यो सुई स्पर्म प्रवाह हुने नशामा दिइनुपर्ने हुन्छ।
यसलाई औद्योगिक स्तरमा उत्पादन गर्नसकिने वैज्ञानिकहरुको दावी छ। ‘पर्याप्त आर्थिक स्रोत भइदिए छिट्टै बजारमा लग्नसकिनेछ’ उनीहरुले भने, ‘यसको कानुनी वाधा फुकाउने प्रयास गरिरहेका छौं।’
वैज्ञानिकहरुले अहिले यो सुईलाई भसलजेल नाम दिएका छन्। ‘यसले भ्यासेक्टोमीले जस्तै प्रभावकारी काम गर्छ’ अनुसन्धानमा सहभागी वैज्ञानिकहरु सुनाउँछन्, ‘पछि गर्भधारण गर्नुपर्यो भने अर्को रिभर्सल (स्पर्म प्रवाह खुलाउने सुई) लगाए हुन्छ।’
हुन त यो अनुसन्धान धेरै वर्षदेखि वैज्ञानिकहरुले गर्दै आएका हुन्। भारतमै पनि यसको अनुसन्धान भएको थियो, तर व्यवसायिक उत्पादनमा लग्न सकिएन।
यसरी गरियो परीक्षण
क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले यो अनुसन्धान गरेका हुन्। उनीहरुले १६ वटा बाँदरमा एकैपटक यो परीक्षण गरेका थिए। तीमध्ये १० वटाले पहिला नै सन्तान जन्माइसकेका थिए।
ती बाँदरलाई एकै पटक सुई लगाइयो। एक सातासम्म पुरुष समूहमा मात्र राखेर निगरानी गरियो। स्वास्थ्यमा कुनै असर देखिएन। त्यसपछि खुल्ला छाडियो। उनीहरु आफ्ना स्त्रीसित यौन संर्सगमा गए-नगएको निगरानी गरिराखियो। ‘यौन संसर्ग गरेको सबै सूचना हामीले क्यामरामा कैद गरिरहेका थियौं,’ अनुसन्धान टोलीले भन्यो, ‘कुनै स्त्री बाँदर पनि गर्भवती भएनन्।’
सेफिल्ड विश्वविद्यालयका एण्ड्रोलोजी विभागका प्राध्यापक एलन पेसी भन्छन्, ‘यो सुई (जेल) पुरुष बाँदरमा प्रभावकारी देखियो। मानिसले पनि प्रयोग गर्न सक्छन्।’ तर स्पर्म पुनः सक्रिय हुने विधि (रिभर्सल मेथड) पनि सँगसँगै बजारमा दिनुपर्ने उनको सुझाव छ।
यसको व्यवसायिक उत्पादनको विषयमा अहिलेसम्म औषधि उद्योगहरुले पहल गरिसकेका छैनन्।अहिले गैह्रनाफामूलक सामाजिक संस्था पर्समस फाउण्डेशनले विभिन्न दात्तृ निकायसित चन्दा संकलन गरी यसको अनुसन्धान गरिरहेको छ।
तथापि, यो सुईले एचआईभी एड्स, सरुवा यौनहरुबाट भने जोगाउँदैन। हुन त अहिले चलनचल्तीका कुनै कन्ट्रासेप्टिभले पनि यस्तो संक्रमणबाट जोगाउँदैन। ‘आपसी विश्वास र सहमतिमा सहवास गनेहरुले अरु कन्ट्रासेप्टिभजस्तै यसको पनि प्रयोग गर्न सक्छन्,’ सेक्सुअल हेल्थ च्यारिटी ब्रुकका डा.एनटल मेनन् जोहन्समले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस