काठमाडौँ- चीन टोकियो ओलम्पिकको पदक तालिकामा शीर्षस्थानमा यथमवत् रहेको छ । नवौं दिनको खेल सकिँदा पदक तालिकामा चीनले शीर्षतालाई निरन्तरता दिएको हो ।
शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले शनिबारसम्म २१ स्वर्ण, १३ रजत र १२ कास्य गरी कुल ४६ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको आयोजक जापान १७, स्वर्ण ५ रजत र ८ कास्यगरी कुल ३० पदकसहित दोस्रो स्थानमा रहेको छ । शनिबार दुई स्वर्ण जितेको अमेरिका १६ स्वर्ण, १७ रजत र १३ कास्यगरी कुल ४६ पदकसहित तेस्रो स्थानमा यथावत रहेको छ । रसियन खेलाडीको टोली (आरओसी) ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित ३७ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ ।
१० स्वर्ण, ३ रजत र १४ कास्यगरी कुल २७ पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा यथावत छ । इंग्ल्यान्ड ८ स्वर्ण, ९ रजत र ११ कास्यगरी कुल २८ पदक जितेर छैटौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ७ कास्यगरी कुल १६ पदक हात पार्दै सातौ स्थानमा रहेको छ ।
फ्रान्स ४ स्वर्ण, ९ रजत र ६ कास्यगरी १९ पदकसहित आठौं स्थानमा उक्लदा नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ५ कास्यगरी १६ पदक जित्दै नवौं स्थानमा झरेको छ । न्युजिल्यान्ड ४ स्वर्ण, ३ रजत र ३ कास्यगरी १० पदकसहित शीर्ष १० मा अटाएका छन् ।
जर्मनी क्यानडा, चेक रिपब्लिक र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १४ मा अटाएका छन् । दोहोरो स्वर्ण जित्न सफल इटाली, स्वीट्जल्यान्ड, चाइनिज ताइपेइ, हंगेरी, स्लोभेनिया र कोसोभो शीर्ष २० मा अटाएका छन् ।
ब्राजिल, जर्जिया, रोमानिया, स्पेन, हङकङ, दक्षिण अफ्रिका, अष्ट्रिया, सर्विया, जमैका, नर्वे, पोल्यान्ड, स्लोभाकिया, स्वीडेन, ट्युनिसिया, टर्की, इस्टोनिया, फिजी, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, बेलारुस, इक्वेडर, इथियोपिया, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स, कतार र थाइल्यान्डले समान १–१ स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ४९ राष्ट्रले स्वर्ण जित्दा ७६ राष्ट्रले पदक जित्न सफल भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस