एजेन्सी । जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको आयोजकले दाबी गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको आयोजकले बताएका छन् ।
उनीहरुले भनेका छन्, “कोरोना भाइरसको सङ्क्रमणको खतरा देखाएर यो ओलम्पिक प्रतियोगिता न त स्थगित हुन्छ, नत पछाडि सर्छ, यो पूर्वनिर्धारित समयमै हुन्छ ।”
ओलम्पिक प्रतियोगिताको आयोजक समितिका अध्यक्ष योशिरो मोरीले पत्रकारहरुसँग बिहीबार भन्नुभयो, “म यो स्पष्ट पार्न चाहन्छु कि टोकियो ओलम्पिक प्रतियोगिता स्थगित गर्ने वा पछाडि सार्नेगरी केही काम हुनेछैन ।”
जापानका पूर्वप्रधानमन्त्री समेत रहनुभएका मोरीले प्रतियोगिताको तयारीका बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको दुई दिने बैठक सुरु भएको बताए ।
आयोजक समितिका अध्यक्ष मोरीले सरकार र सरोकारवाला पक्षहरुसँग आफुहरुले काम गरिरहेको पत्रकारलाई बताए ।
आइओसी समन्वय आयोगका अध्यक्ष जोन कोस्टले पनि कोरोना भाइरसको सङ्क्रमणको समस्या ‘अनपेक्षित विषय’ भएको बताउदै यो तत्काल समाधान हुने बताए ।
कोरोनासम्वन्धी समस्या समाधान गर्ने जिम्मेवारी सरकार र अन्य सरोकारावालाहरुको भएकाले त्यसमा ओलम्पिक आयोजकले चिन्ता लिनु नपर्ने उनले बताए ।
जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने अरु २४८ जना सङ्क्रमित भएको जापानी अधिकारीहरुले बिहीबार पुष्टि गरेका छन् ।
कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित हुने हल्ला पटक पटक चलेपछि उनीहरुले स्थगित नहुने र पछाडी पनि नसर्ने भन्दै पटक पटक स्पष्टिकरण दिनु परेको छ ।
हरेक चार चार बर्षमा हुने ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता यस बर्ष आगामी जुलाई २४ उद्घाटन भएर अगस्ट ९ तारिखका दिनसकिने गरी तय भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस